१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

भारतले ५० हजार घर पुनर्निर्माणमा सघाउने

काठमाडौं – भारतले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माणमा सघाउने भएको छ।

२०७२ सालको विनाशकारी भूकम्पले सबैभन्दा बढी प्रभावित गोरखा र नुवाकोटमा पुनर्निर्माणका लागि भारतले युएनडिपीसँग मिलेर १६.२ मिलियन डलरको लागतमा ५० हजार घर निर्माण गर्ने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

संयुक्त राष्ट्रसंघसँग साँझेदारीअन्तर्गत भारतले पुनर्निर्माणमा खटिएको राष्ट्रसंघीय संस्था यूएनडिपीलाई ८.७९ मिलियन डलर र यूएनओपिएसलाई ७.१ मिलियन डलर दिने सम्झौता गरेको हो। सम्झौताअनुसार भारतीय लगानीमा गोरखामा २६ हजार ९१२ घर र नुवाकोटमा २३ हजार ८८ घर पुनर्निर्माण हुनेछन्। 

सम्झौतापत्रमार भारतीय दूतावासका तर्फबाट डा अभय कुमार, यूएनडिपीका नेपाल निर्देशक रेनड मेयीर, यूएनओपिएसका क्षेत्रीय डाइरेक्टर सञ्जय माथुरले हस्ताक्षर गरेका थिए।

प्रकाशित: २५ फाल्गुन २०७४ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App