१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नेपाली सेना कति शक्तिशाली ?

फाइल फाेटाे

काठमाडौं – सैन्य शक्तिको दृष्टिले नेपाल विश्वको ९७ औं स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका एक सय ३३ मुलुकको शैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा  नेपालले सो स्थानमा परेको हो।

यो वर्ष नेपालले गत वर्षभन्दा एक स्थान सुधार गर्दै ९७ औं स्थानमा आएको हो । गत वर्ष एक सय २६ मुलुकको सैन्य शक्तिलाई विश्लेषण गरी सार्वजनिक गरिएको सूचीमा नेपाल ९८ औं स्थानमा थियो । विश्वभरका आधुनिक हतियार र सैन्य शक्तिको विश्लेषण गर्ने ‘ग्लोबल फायर पावर’ (जिएफपी) ले  सो वर्गीकरण गरेको हो।

सैनिक वर्गीकरणमा नेपाल गत वर्षभन्दा एक स्थान उक्लेर ९७ औं स्थानमा आएको छ । वर्गीकरणमा अमेरिका पहिलो, रूस दोस्रो, चीन तेस्रो र भारत चौथो स्थानमा छन् । वर्गीकरणमा भुटान अन्तिम एक सय ३३ औं स्थानमा छ भने पाकिस्तान १३ औं, बंगलादेश ५७ औं, अफगानिस्तान ६९ औं स्थानमा छ।

वर्गीकरणमा अमेरिका पहिलो स्थानमा छ । त्यस्तै, रूस दोस्रो स्थानमा परेको छ भने नेपालका दुई छिमेकी मुलुक चीन र भारत क्रमशः तेस्रो र चौथो स्थानमा छन् । जिएफपीले सैन्य शक्तिको वर्गीकरण गर्दा परम्परागत युद्ध हतियार तथा उपकरणलाई समावेश गरिएको जनाएको छ। यसमा परमाणु हतियार भने समावेश छैन

सैन्य शक्तिको वर्गीकरण गर्दा कति परिमाणमा हतियार छन् भन्दा पनि हतियारको विविधतालाई जोड दिइएको जिएफपी जनाएको छ।  भूपेरिवेष्ठित मुलुकलाई जल सैनिक नभएर वर्गीकरणमा असर नगर्ने र नाटोसँगको गठवन्धनले वर्गीकरणमा थप फाइदा पुग्ने संस्थाले जनाएको छ।

जिएफपीले नेपालको सैन्य सेवामा योगदान दिनसक्ने जनशक्ति एक करोड १२ लाख १० हजार रहेको जनाएको छ । यस्तो जनशक्तिले युद्धका बेला मुलुकमा युद्ध भएको बेला सहयोग गर्न सक्ने संस्थाले जनाएको छ । त्यस्तै सेनासँग कुल एक लाख ५७ हजार सैनिक अधिकारी रहेको र त्यसमध्ये ९५ हजार सक्रिय सैनिक रहेको जनाएको छ।

वर्गीकरणका लागि आवश्यक पर्ने हवाइ शक्तिमा नेपालसँग २२ वटा एयरक्राप्ट रहेको र त्यसमध्ये १८ वटा हेलिकोप्टर रहेको उक्त संस्थाले उल्लेख गरेको छ । त्यस्तै नेपालसँग एक हजार चार सय ८० बख्तरबन्द लडाकु बाहन रहेको जनाइएको छ भने एक सय २० तोप तान्ने बाहान (टोड आर्टिलरी) रहेको जनाएको छ । नेपाल भूपरिवेष्ठित मुलुक भएकाले जल सैनिक भने शून्य देखाइएको छ । उक्त संस्थाले नेपालको श्रम शक्ति एक करोड ५२ लाख उल्लेख गरेको छ भने १७ हजार दुई सय ८२ किलोमिटर सडक विस्तार भएको जनाइएको छ । नेपालमा ५९ किलोमिटर रेलवे र ४७ वटा विमानस्थल सञ्चालनमा रहेको उल्लेख गरिएको छ।

नेपाल सैनिक शक्तिको हिसाबले ९७ औं स्थानमा परेको विषयमा सेनाले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ । ‘यस विषयमा अध्ययन गरेर मात्र प्रतिक्रिया दिन मिल्छ,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने । ‘उनीहरूले आफ्नो प्रक्रियामा रहेर वर्गीकरण गरेका होलान्, त्यसबारे हामीले अध्ययन नगरी बोल्न मिल्दैन,’ भण्डारीले भने । यदी संस्थाको वर्गीकरण आधिकारीक र विश्वसनस्य भएमा यसले मुलुकको सैनिक अवस्था कस्तो छ भन्ने कुरा संकेत गर्ने भण्डारी बताउँछन्।

वर्गीकरणमा दक्षिण एशियाली मुलुक भुटान अन्तिम एक सय ३३ औं स्थानमा छ भने पाकिस्तान १३ औं स्थानमा छ । त्यस्तै बंगलादेश ५७ औं स्थानमा छ भने अफगानिस्तान ६९ औं स्थानमा छ ।

 

प्रकाशित: २८ फाल्गुन २०७४ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App