१६ वैशाख २०८१ आइतबार
image/svg+xml
वसन्त खड्का


वसन्त खड्काका लेखहरु :

निर्वाचनपिच्छे मतदाताको रोजाइमा फरक दल

सत्तामा रहेका ठुला भनिएका दलले गरेको गठबन्धनलाई जनताले सहज रूपमा स्वीकार नगरेको प्रारम्भिक नतिजाले देखाएको छ। यसपटकको चुनावमा पनि मतदाताले व्यक्ति हेरेर, नयाँ अनुहार र देशमा केही गर्न सक्ने उम्मेदवारको पक्षमा मत दिएको देखिन्छ।

संग्रहालयमा ८८ वर्ष पुरानो राहदानी

राहदानी विभागमा रहेको ‘राहदानी संग्रहालय’ मा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ।

‘नेपाल भूमिबाट चीनविरोधी गतिविधि नहोस

प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरूसँग भएको भेटका क्रममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सुले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धतामा कमी आउन नहुने र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसनको दुरुपयोग हुन नहुने आशय व्यक्त गरेको स्रोतले बतायो।

नेपालप्रति सद्भाव राख्ने महारानी एलिजाबेथ,अब सम्झनामा मात्र

महारानी एलिजाबेथ द्वितीयाले सन् १९६१ मार्चमा पहिलोपटक नेपाल भ्रमण गरेकी थिइन्। त्यसको २५ वर्षपछि सन् १९८६ फेब्रुअरी १७ मा दोस्रोपटक नेपाल आइन्। गत चैतमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भर्चुअल रूपमा ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा महारानी एलिजावेथले आफ्नो दुईपटकको नेपाल भ्रमणको स्मरण गरेकी थिइन्।

हरेक भ्रमणमा सम्भाव्यता अध्ययन सम्झौता

पूर्वाधारविद् सूर्यराज आचार्य चीनसँग नेपालको सबै स्वार्थ नमिले पनि अन्तरदेशीय रेल्वे परियोजना नेपालका लागि ‘गेम चेन्जर’ परियोजना भएकाले यसलाई यथाशक्य अघि बढाउनुपर्ने बताउँछन्।

परिवेशअनुकूल बोल्दा चिप्लिँदै दाहाल

जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार नेपाल फेस्टिभल २०२२ लाई सम्बोधन गर्दै जापानी पूर्वप्रधानमन्त्री सिन्जो आवेसँग पटकपटक आफूले भेट गरेको दाबी गरे।

‘एक चीन नीति’ प्रति नेपाल दृढ रहने चिनियाँ विश्वास

नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपाल र नेपाली जनताले ‘एक चीन नीति’ प्रति दृढ रही चीनको वैध र न्यायोचित अवस्थालाई साथ दिने र चीनसँग मिलेर एकअर्काको सम्प्रभुता, सुरक्षा र भौगोलिक अखण्डताका लागि काम गर्ने विश्वास व्यक्त गरेकी छन्।

अमेरिकालाई पत्र, एसपिपीबाट अलग

परराष्ट्र मन्त्रालयले अमेरिकाबाट प्राप्त सहयोगमा निरन्तरताको अपेक्षासहित अमेरिकी साझेदारी कार्यक्रम (एसपिपी) बाट बाहिरिएको जानकारीसहित औपचारिक पत्र काठमाडौंस्थित अमेरिकी दूतावासलाई पठाएको छ।

देउवा–मोदी भेटवार्ता: पञ्चेश्वर अघि बढाउने सहमति

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग संयुक्त संयन्त्र बनाएर सीमा विवाद समाधान गर्न प्रस्ताव गरेका छन्। देउवाले यस्तो प्रस्ताव गरेलगत्तै भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपाल–भारत सीमा विवाद संवादको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन्।

मनोसामाजिक समस्याको कारक बन्दै कोरोना

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०७७ अनुसार नेपालमा १३ देखि १७ वर्ष उमेर समूहका पाँच दशमलब २ प्रतिशत र १८ वर्ष उमेरमाथिका १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या छ। कोरोना महामारीको त्रासले यो प्रतिशत बढेको अनुमान गरिएको छ।

माओवादी महाधिवेशन प्रतिनिधिको सुझाव: एमसिसी संशोधन होइन, खारेज हुनुपर्छ

अध्यक्ष पुष्पकमल दाहालले सोमबार बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलपछि बुधबार ११ समूहले एमसिसी खारेज गर्न सुझाव दिएका छन्। बाँकी १४ समूहले पनि एमसिसी खारेज गर्नुपर्ने सुझाव तयार पारेका छन्।

जलवायु संकटमा विश्व विमर्श

कतिपय मुलुकले यसलाई राजनीतिक रङसमेत दिने गरेका छन्। जलवायु परिवर्तनबाट उत्पन्न संकटबारे चिन्तित अमेरिकासमेत डोनाल्ड ट्रम्पले मुलुकको नेतृत्व सम्हालेलगत्तै पेरिस सहमतिबाट बाहिरिएको थियो।

एमसिसी अनुमोदन हुनेमा अमेरिका आशावादी

एमसिसीकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको मिति नजिकिँदै गर्दा अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसिसीलाई पत्र लेख्दै नेपालमा जनस्तर तथा राजनीतिक तहमा उठेका प्रश्नबारे स्पष्ट पार्न आग्रह गरेको छ।

नेपाललाई चीनको धन्यवाद

चीनले कोभिडको उत्पत्तिका विषयमा विज्ञानमा आधारित प्रयासलाई निरन्तर समर्थन गर्ने जनाएको छ। उसले यो विषयलाई राजनीतीकरण गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरेको छ। चीनले यस विषयमा नेपालसँग मिलेर काम गर्न चाहेको पनि विज्ञप्तिमा उल्लेख छ।

संकटमा नेतृत्वविहीन परराष्ट्र

आफ्ना नागरिकलाई सुरक्षित स्वदेश फर्काउनुपर्ने दायित्वसँगै सार्कको अध्यक्ष मुलुकका हिसाबले पनि अफगानिस्तान संकटका बारेमा नेपालले रचनात्मक भूमिका खेल्नुपर्ने हुन्छ। तरसरोकारवाला मन्त्रालय नै नेतृत्वविहीन भएका कारण नेपालको भूमिका प्रभावकारी हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्