९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

बौद्धिक सम्पत्ति संरक्षण समाजमा ज्ञवाली

काठमाडौं– बौद्धिक सम्पत्ति संरक्षण समाजको आइतबार बसेको विशेष साधारण सभाले पूर्व उद्योग सचिव कृष्ण ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

नवनिर्वाचित समितिका पदाधिकारीमा अधिवक्ता अन्जु उप्रेती ढकाल उपाध्यक्ष, उद्योग विभागका पूर्व निर्देशक तथा बौद्धिक सम्पत्ति विज्ञ मधुसूदन पौडेल महासचिव, एनसेलका प्रमुख कानुन अधिकृत अम्बर बहादुर थापा कोषाध्यक्ष तथा अधिवक्ता रामचन्द्र गौतम सचिव छन्। 

समितिको सदस्यमा नेपाल सरकारका पूर्व सहसचिव तथा स्थानीय विकास विज्ञ रमेश कुमार अधिकारी, नेपाल सरकार प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना सचिव बिसु कुमार केसी, चिकित्सक डा। आशा थापा, काठमाडौ विश्वविद्यालयका शिक्षक कमल पोखरेल र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका वरिष्ठ अधिकृत उषा रिजाल रहेका छन्। समाजका निवर्तमान संस्थापक अध्यक्ष तथा पूर्व उद्योग सचिव भरत बहादुर थापा समितिमा पदेन सदस्यका रुपमा रहनेछन्। 

बौद्धिक सम्पत्तिअन्तर्गत प्रतिलिपी अधिकारका साथै ट्रेडमार्क, पेटेन्ट, डिजाइन, भौगोलिक संकेत जस्ता अन्य औद्योगिक सम्पत्ति पर्दछन्। देशमा उद्योगधन्दाको विकासका लागि लगानी प्रवर्द्धन, वैदेशिक व्यापार विस्तार, स्वस्थ एवं गुणात्मक प्रतिस्पर्धालाई प्रोत्साहन तथा मौलिक सृजना र प्रतिभाको सम्मान गरी आर्थिक एवं सांस्कृतिक समृद्धि हासिल गर्नका निम्ति बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारको संरक्षण तथा सम्वर्द्धन अपरिहार्य छ। 

यसै कार्यमा सरकारलाई नीतिगत पृष्ठपोषण गर्ने र उत्पादक, सर्जक तथा उपभोक्तामाझ पर्याप्त चेतना र ज्ञानको विकास र विस्तार गर्ने उद्देश्यबाट ६ वर्षअघि यो संस्थाको स्थापना भएको हो। 

प्रकाशित: २८ फाल्गुन २०७४ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App