६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

तिलोत्तमा गोल्डकपकाे उपाधिका लागि पुलिस र थ्री स्टार भिड्दै

भैरहवा – रूपन्देहीमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) नेपाल पुलिस क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुँदैछ।  

खेल बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा दिउँसो ३ बजेपछि सुरू हुनेछ।

सेमिफाइनलमा आयोजक लाली रूपन्देही ११ लाई सडेन डेथमा ४—३ पराजित गर्दै पुलिस र मनाङ मर्स्याङ्दीलाई २–१ ले हराउदै थ्री स्टार फाइनलमा प्रवेश गरेका हुन्। आजको फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ।
यी २ टोलीबीच यो वर्ष फाइनलमा प्रतिस्पर्धा हुन लागेको तेस्रो पटक हो।

यसअघि यी २ टोलीले गएको माघ २० गते पोखरामा सम्पन्न आहा रारा गोल्डकप र माघ २७ गते धरानमा सम्पन्न २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनल खेलेका थिए। जसमा पुलिसले आहा रारा र थ्री स्टारले बुढासुब्बाको उपाधि आफ्नो पक्षमा पारेका थिए।
पुलिस तिलोत्तमामा गोल्डकपको ५ पटकको बिजेता टोली हो भने थ्री स्टारले अहिले सम्म उपाधि जित्न सकेको छैन।

प्रतियोगिताका विजेता टोलीले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित: ३ चैत्र २०७४ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App