१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भिएआर प्रयोगलाई औपचारिक अनुमति

बोगोटा – फिफाले सन् २०१८ को रूस विश्वकपमा भिडियो सहायक रेफ्री (भिएआर) को प्रयोग गर्ने प्रस्ताव पारित गरेको छ।
फिफा अध्यक्ष जियानी इनफान्टिनोको अध्यक्षतामा शुक्रबार बसेको फिफा काउन्सिलको बैठकले भिएआरको प्रयोगलाई औपचारिक अनुमति दिएको हो।

‘हामी यो निर्णयबाट धेरै हर्षित छाैं,’ इन्फान्टिनोले भने, ‘यो प्रविधिले निष्पक्ष र सही निर्णय दिन मद्दत पु¥याउँछ । हामीले प्रविधिलाई पनि सँगसँगै लिई अघि बढ्न सक्नुपर्छ।’

‘हामी रूस सरकारसँग पनि निरन्तर संवादमा छौं,’ रूस र ब्रिटेनबीच जारी राजनितिक संकटले विश्वकपमा असर पु¥याउँछ भन्ने प्रश्नमा इन्फान्टिनोले भने, ‘विश्वकपका लागि अब मात्र ३ महिनाको समय बाँकी छ । कुनै पनि हालतमा प्रतियोगिता प्रभावित हुँदैन ।’
दुई साताअघि अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आइएफएबी) को ज्युरिचमा बसेको बैठकले सन् २०१८ को रूस विश्वकपमा  भिएआर प्रविधिको प्रयोगका लागि स्वीकृति दिएको थियो।

यसै सिजनबाट बुन्डेसलिगा, इटालियन सिरी ‘ए’, इङ्लिस लिग कप, एफए कपजस्ता प्रतियोगिताहरूमा भिएआर प्रविधिको प्रयोग सुरु भइसकेको छ । साथै भिएआर रूसमा गत वर्ष सम्पन्न अन्तरमहादेशीय कपमा समेत प्रयोग गरिएको थियो । यसअघि भिएआर प्रविधि जडान महँगो भएको भन्दै आलोचना गर्दै आएको स्पेनिस ला लिगाले पनि आगामी सिजनबाट भिएआरको प्रयोग गर्ने भन्दै अधिकारीहरूलाई यससम्बन्धी अभ्यास दिन सुरु गरिसकेको छ।

‘पक्कै पनि भिएआर प्रविधि हाल परीक्षणमा छ । केहीले यसको प्रयोगको प्रशंसा गरेका छन् भने केहीले यसको विरोध समेत गरेका छन्,’ इन्फान्टिनोले भने, ‘हामी भिएआरको प्रयोगले शतप्रतिशत नतिजा दिन्छ भन्ने दाबी गर्न चाहँदैनौं । हामी यसको प्रयोगपछि यसमा भएका कमीकमजोरीका बारेमा समेत अध्ययन गर्दै आवश्यक सुधार गर्न तयार छाैं।’ साथै फिफा बैठकले सन् २०१९ को यु–२० र यु–१७ विश्वकप क्रमश पोल्यान्ड र पेरूलाई लाई आयोजन गर्न दिने निर्णय समेत गरेको छ।

‘हामी भिएआरको प्रयोगले शतप्रतिशत नतिजा दिन्छ भन्ने दाबी गर्न चाहँदैनौं । हामी यसको प्रयोगपछि यसमा भएका कमीकमजोरीका बारेमा समेत अध्ययन गर्दै आवश्यक सुधार गर्न तयार छाैं।’

प्रकाशित: ४ चैत्र २०७४ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App