४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

स्वदेश फर्कियो नेपाली क्रिकेट टोली, विमानस्थलमा भव्य स्वागत

काठमाडौं– जिम्बाव्बेमा आइसीसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। सुपर सिक्समा पुग्न असफल भएपनि पहिलो पटक एकदिवसीय मान्यता पाएर जिम्बाव्बेबाट फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ भव्य स्वागत गरियो।

नेपाली टिमलाई स्वागत गर्न खेलकुद मन्त्री जगत विश्वकर्मा, खेलकुद सचिव महेश प्रसाद दाहाल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, खेलकुद पदाधिकारी तथा क्रिकेट फ्यान विमानस्थल पुगेका छन्। 

जिम्बाब्वेमा सम्पन्न आइसिसी विश्वकप छनोट प्रतियोगितामा नेपालले प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई पराजित गर्दै पहिलो पटक आगामी चार वर्षका लागि एक दिवसीय मान्यता प्राप्त गरेको थियो। 

नेपालको विश्वकप खेल्ने सपना सकिएसँगै सातौँ स्थानका लागि भएको प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित र अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालले एक दिवसीय मान्यता पाउने पक्का भएको थियो। 

दश देशको सहभागिता रहेको विश्वकप छनोट प्रतियोगितामा दुई खेल जितेको नेपाल आठौँ स्थानमा रह्यो। नेपाली टोलीका कप्तान पारस खड्काले सबैको मेहनतले एक दिवसीय मान्याता पाउन सफल भएको उल्लेख गर्दै अबको सपना विश्वकप रहेको बताए। 

नेपाली क्रिकेटप्रेमीले क्यान विवाद तत्काल समाधान गर्नुपर्ने, मुलपानी क्रिकेट मैदान छिटो बनाउनुपर्ने, खेलाडीलाई सुविधा दिनुपर्नेलगायत माग राख्दै विमानस्थलभित्रै केही समय नाराबाजीसमेत गरेका थिए। 

प्रकाशित: ५ चैत्र २०७४ १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App