२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मनमोहन स्मृति बास्केटबल वैशाखमा

काठमाडौं – नेपाल खेलकुद महासंघ, काठमाडौं ४ को आयोजनामा प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिता वैशाख २ देखि हुने भएको छ।

प्रतियोगिताको पुरुषमा १६ र महिलामा १२ टिमको सहभागिता अपेक्षा गरिएको आयोजक कमिटीका अध्यक्ष नवीन मानन्धरले बताए। प्रतियोगिताको पुरुषतर्फ पहिलो हुनेले १ लाख र दोस्रो हुनेले  ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही १० हजार रुपियाँबाट पुरस्कृत गरिने प्रतियोगिताका संयोजक अनुप मानन्धरलाई उद्धृत गर्दै राष्ट्रिय खेकलुद परिषद्ले जानकारी गराएको छ। टिम सहभागिताका आधारमा महिलामा पनि नगद पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ।

लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगिताका खेलहरू चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा खेलाइनेछ। फाइनल वैशाख १३ गते हुनेछ।

प्रकाशित: ७ चैत्र २०७४ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App