१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

रमेशको ‘अग्नि नृत्य’ सार्वजनि

काठमाडौं – चित्रकार रमेश श्रेष्ठको ‘अग्नि नृत्य’ शीर्षकको कविता संग्रह सार्वजनिक भएको छ । श्रेष्ठको तेह्रांै कृतिको रुपमा कविता संग्रह सोमबार सार्वजनिक भएको हो। कविता संग्रहको नागरिकर्मी चाँदनी हमाल, संचारकर्मीहरु डब्बु क्षेत्री, श्री ओम श्रेष्ठ रोदन, दीपक सापकोटा, अजवी पौडेल, सुनिता साखकर्मीले संयुक्त रुपमा सार्वजनिक गरे।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य श्रेष्ठले पुस्तक सार्वजनिक कार्यक्रममा भने, ‘अग्निसँगको सम्बन्ध हामी जन्मनु अघिदेखि नै भएको छ। कहिलेकाहीँ म यसलाई गहिराइबाटै अनुभव गर्ने गर्दछु।’ त्यसै अनुभूतिका रुपमा कविता संग्रह ल्याएको उनले सुनाए।

उनले यसअघि रंगहरुको गीत शीर्षकमा कविता र चित्र एकसाथै प्रकाशित गरेका थिए। यस पटक भने विशेष बिम्बहरू सहितका गद्यात्मक कवितालाई चुनेका छन्। कविता संग्रहलाई साझा प्रकाशनले प्रकाशित गरेको हो।

प्रकाशित: ७ चैत्र २०७४ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App