१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निजामती कर्मचारी युनियनमा पोखरेल

रत्ननगर–  नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन्। 

रत्ननगरमा भएको सातौँ महाधिवेशनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन्। गएराति ३ बजे सकिएको महाधिवेशनमा उनले बुढाथोकीभन्दा ३० मत बढी ल्याए। 

कूल ५४५ खसेको मतमा पोखरेलले २८४ र बुढाथोकीको २५४ मत आएको थियो। अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ३६२ मतका साथमा सुरेन्द्र अधिकारीलाई निर्वाचित गरेको छ। प्रतिद्वन्द्वी सुशीलकुमार केसीले १७० मत प्राप्त गरे। 

अर्का उपाध्यक्षमा कृष्ण दाहाललाई हराउँदै उत्तमकुमार कटवाल निर्वाचित भए। महासचिवमा सुवास कोइराला निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिए। 

उनका अनुसार बुधबार सबैलाई शपथ खुवाउने कार्यक्रम राखिएको छ। गए राति सकिएको महाधिवेशनले २६ पदाधिकारीसहित ८० जना निर्वाचित गरेको छ। पाँचजना भने पछि मनोनयन हुने व्यवस्था रहेको खनालले जानकारी दिनुभयो। तीनवर्षीय कार्यकालका लागि सचिवमात्रै सात जना निर्वाचित भएका छन्। 

यही चैत ४ गतेदेखि यहाँ चलेको महाधिवेशनमा देशभरका ५६९ प्रतिनिधिमध्ये ५४५ जना सहभागी थिए। महाधिवेशनको काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। रासस

प्रकाशित: ७ चैत्र २०७४ ०६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App