१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लहानमा बम विस्फोट, ६ घाइते

लहान- लहान नगरपालिका ७ मा बम विस्फोट भएको छ। विकास ट्रेडर्स, सुनचाँदी पसलमा अपरिचित समूहले राखेको बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन्। शुक्रबार लहानमा हाट बजार लाग्ने गर्छ। हाटबजारको दिन सुनचाँदी पसलमा भिड रहेको थियो। त्यहि भिडमा एक अपरिचित आएर शंकास्पद  झोला राखेका थिए। उनले झोला राखेको केही बेरमै विस्फोट भएको पसल सञ्चालक विकास सारडाले बताए। यो ठाउँमा प्राय सुनचाँचदीका पसलहरु रहेका छन्।

घटनास्थलबाट करिब ५ सय मिटर उत्तरमा शसस्त्र प्रहरी प्रहरी र त्यतिकै दूरी दक्षिणमा इलाका प्रहरी कार्यालय रहेको छ।

 

प्रकाशित: ९ चैत्र २०७४ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App