१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिमाली गोरेटो राम्रो बनाए जीविकोपार्जनमा सुधार अाउने

काठमाडौं – नेपालका हिमाली क्षेत्रमा सडक र गोरेटोमा सुधार ल्याउन सके दुर्गम तथा ग्रामीण समुदायहरूको खाद्य सुरक्षा र पोषणमा सुधार आउनसक्ने राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गरेको एक अनुसन्धानले देखाएको छ।

डब्लुएफपीले शुक्रबार “नेपालमा सडक तथा बजार पहुँच र घरपरिवार खाद्य सुरक्षा” शीर्षकको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहकार्यमा हालै गरिएको अनुसन्धानल यस्तो देखाएको बताएको हो।

सुधारिएको सडक तथा गोरेटोमा सुधार ल्याउँदा घरपरिवार तथा खाद्य सुरक्षामा सहजता आउने र जनचेतना वृद्धि गर्दै खाद्यन्न मुल्य, बजार एकीकरण र बाल पोषणको अवस्थामा परिवर्तन आउने बताइएको छ।

“नेपालभरीका अधिकांश हिमाली समुदायले आफ्नो घरपरिवारको आवश्यकता केही महिनाका लागि पर्याप्त हुने भन्दा बढी उत्पादन गर्न सक्दैनन्। बोकेर र खच्चडको सहयोगमा ढुवानी गरिने खाद्यान्न त्यसको उत्पत्ति हुने ठाउँ तराईको तुलनामा तेब्बरभन्दा बढी मुल्य पर्न जान्छ। त्यसले गर्दा हिमाली समुदायका ६० प्रतिशतसम्म बालबालिकाले पर्याप्त पोषक खाना पाउँदैनन् र जीवनभर पुड्कोपना र न्यूनपोषणको असर बहन गर्दै बाच्नुपर्ने अवस्था कुनै आश्चर्यको कुरा हो र ?”प्रतिबेदनमा भनिएको छ।

अध्ययनले ग्रामीण सडक,गोरेटो र पुलसहितका पूर्वाधारमा सुधार ल्याउँदा ग्रामीण हिमाली समुदायहरूका लागि जीविकोपार्जनका विविध अवसर उजागर हुने र खाद्य सुरक्षामा सुधार आउने देखाएको छ।

देशका ग्रामीण तथा कठिन क्षेत्रहरूमा केन्द्रित हुँदै विभिन्न जिल्लामा सडक र गोरेटोहरूको सुधार गरी पहुँच विस्तार गर्ने कार्यमा डब्लुएफपी संलग्न हुँदै आएको छ। हाल सञ्चालित बिभिन्न कार्यक्रमहरू मार्फत ४४५ किमी भन्दा बढी ग्रामीण सडक तथा गोरेटो निर्माण वा पुनस्र्थापित गरिएका छन्, जसले ग्रामीण समुदायहरूका लागि महत्वपूर्ण पहुँच स्थापित गर्ने काम गरेको छ।

यी कार्यक्रमहरूका लागि संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी), कोरिया (कोइका) र अन्य साझेदारहरूबाट सहयोग प्राप्त गरिएको छ।

प्रकाशित: ९ चैत्र २०७४ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App