१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कटारी गोल्डकपमा सहाराको विजय सुरुवात

उदयपुर – उदयपुरको कटारीमा शनिबारबाट सुरु भएको चौथो कटारी गोल्डकपको उद्घाटन खेलमा सहारा क्लब पोखरा विजयी भएको छ। 

घरेलु टिम कटारी ११ लाई २–० ले पछि पार्दै सहाराले आफ्नो सेमिफाइनलको यात्रा तय गरेको हो। सहाराका लागि खेलको ७ औँ र ८३ औँ मिनेटमा अजित गुरुङ्गले आकर्षक गोल गर्दै आफ्नो टिमलाई सेमिफाइनलमा प्रवेश गराए। 

निकै रोचक र प्रतिस्पर्धात्मक खेलमा आयोजक टिमले गोल गर्ने पटक–पटक अवसर पाएपनि गोल हुन सकेन। सुरुवाती चरणमै सहाराले गोल गरेपछि आक्रमकरुपमा प्रस्तुत भएको आयोजकले गोल गर्ने अवसर निकै पायो। 

उद्घाटन खेलको म्यान अफ दि म्याच सहाराकै गोलकर्ता अजित भए। उनले नगद ५ हजार रुपिँया प्राप्त गरेका छन्। प्रतियोगिताअन्तर्गत आइतबारको खेल बनेपा ब्वाईज काभ्रे र गाोर्खा ब्वाईज रुपन्देहीबीच हुने मुल आयोजक समितिका अध्यक्ष विनोद कटुवालले जानकारी दिए। 

गोल्डकपको उद्घाटन उदयपुर प्रतिनिधि सभा २ का सांसद सुरेशकुमार राईले गरे। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले दुईलाख पचास हजार  नगद पुरस्कार, शिल्ड र प्रमाणत्र पाउनेछन्। कटारी नगरपालिकाको प्रायोजन र साथी समुह कटारीको सहयोगमा गोल्डकप सन्चालन भएको हो। कटारी मेयर गोल्डकप जिल्लाकै अहिलेसम्मकै सबैभन्दा ठुलो राशी भएको गोल्डकप हो। 

प्रकाशित: १० चैत्र २०७४ १४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App