१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मिस लुम्बिनी बनिन् मेनुका

भैरहवा– भैरहवाकी २१ वर्षीया मेनुका खनाल यो वर्षको ‘मिस लुम्बिनी, सिजन–२’को विजेता भएकी छन् । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा शुक्रबार अबेर सम्पन्न प्रतियोगितामा ‘मिस ट्यालेन्ट’ विधासमेत जितेकी उनले ५० हजार रुपैयाँसहित विभिन्न पुरस्कार पाइन्।

ड्रिम्स मिडियाले आयोजना गरेको प्रतियोगिता २५ प्रतियोगीबाट प्रिसेलेक्सन राउन्डमार्फत उत्कृष्ट १० लाई अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो । प्रतियोगितामा बुटवलकी १८ वर्षीया मोनिका भण्डारीले ‘फस्ट रनरअप’ हुँदै २० हजार रुपैयाँ र तिलोत्तमा नगरपालिकाकी २१ वर्षीया सिता न्यौपानेले ‘सेकेन्ड रनरअप’ हुँदै १० हजार रुपैयाँ पुरस्कारमा चित्त बुझाए।

प्रतियोगितामा संगीता काफ्ले ‘मिस पर्सनालिटी डिजर्भिङ’, श्रेया रायामाझी  ‘बेस्ट वाक’, सपना चौधरी ‘मिस फोटोजेनिक’, हिरा थापा ‘मिस मल्टिमिडिया’ र खुस्बु अधिकारी क्षत्री ‘मिस कन्फिडेन्ट’ बने।

नेपाल चलचित्र संघका अध्यक्ष एवं चलचित्र निर्माता प्रदीपकुमार उदयले विजेताहरुलाई अवार्ड प्रदान गरेका थिए । प्रतियोगिताको निर्णायकमा नेपाल जेसिसका पूर्व अध्यक्ष अनुपमान सैंजु, ‘मिस नेपाल एसिया प्यासिफिक २०१६’ अंशु केसी, अभिनेता एवं मोडल पियुस कर्ण, मोडल न्यान्सी थापा र पत्रकार एवम् फिल्म निर्देशक डब्बु क्षत्री थिए।

प्रदेश ५ का युवतीहरुको व्यक्तित्व विकाससहित उनीहरुको प्रतिभा प्रस्तुतिका लागि गत वर्षबाट प्रतियोगिता आयोजना गर्दै आएको मिडियाका अध्यक्ष प्रकाश दर्लामी मगर ‘योगेन्द्र’ले बताए । प्रतियोगिताको कोरियोग्राफी प्रज्ञा तिवारी बरालले गरेकी थिइन् ।
 

प्रकाशित: ११ चैत्र २०७४ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App