१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले तोक्यो प्रदेश संयोजक र सहसंयोजक

काठमाडौं— प्रमुख विपक्षी नेकपा एमालेले ७ प्रदेशका संयोजक तथा सहसंयोजक तोकेको छ। एमालेले प्रदेश नम्बर १ को संयोजकमा सचिव भीम आचार्य र सह संयोजक शेरधन राईलाई जिम्मेवारी दिएको छ।

प्रदेश नम्बर २ को संयोजक स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डल र नागेन्द्र चौधरी, प्रदेश नम्बर ३ को स‌योजक उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काशिनाथ अधिकारी रहेको एमालेका प्रचार विभागका प्रमुख योगेश भट्टराईले जनाए।

त्यसैगरी प्रदेश नम्बर ४ को  संयोजकमा स्थायी कमिटीको सदस्य किरण गुरुङ र गणेश तिम्सिना, प्रदेश नम्बर ५ को संयोजकमा उप महासचिव बिष्णु पौडेल र दलबहादुर राना, प्रदेन नम्बर ६ को संयोजकमा ६ उपाध्यक्ष युवराज ज्ञवाली र यामलाल कँडेल प्रदेश नम्बर ७ मा संयोजक भीम रावल र सह संयोजक कार्ण थापालाई जिम्मेवारी दिइएको छ।

स्थायी कमिटीको बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा जारी छ ।

प्रकाशित: ७ भाद्र २०७३ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App