१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नेफ्टा अवार्ड दुबईमा

काठमाडौं- नेपाली चलचित्र प्राविधिक संघको आयोजनामा हुँदै आएको नेफ्टा फिल्म अवार्डको नवौं संस्करण यसपालि युएईमा हुने भएको छ। युएईको दुबईमा आगामी पुस ८ गते अवार्ड समारोह आयोजना हुने संघका अध्यक्ष पुष्कर लामाले जानकारी गराए।

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्दै नेपाली कला संस्कृतिलाई विश्वबजारसम्म पुर्‍याउनु आफूहरुको उद्देश्य रहेको प्राविधिक संघको गत आइतबार दुबईमा आयोजित पत्रकार सम्मेलनमा जनाइयो। प्राविधिक संघले अवार्डको छैटौं, सातौं र आठौ संस्करण क्रमशः हङकङ, मलेसिया र कतारमा आयोजना गरेको थियो।

प्राविधिक संघले स्पेक्ट्रम एडभरट्राइजिङ एन्ड मिडिया कन्सल्टेन्ट र कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा वितरक कम्पनीसँगको सहकार्यमा यसपालिको अवार्ड कार्यक्रम गर्न लागेको हो। तयारी तीब्र रुपमा अगाडि बढिरहेको अध्यक्ष लामाले पत्रकार सम्मेलनमा बताए। 'विदेशमा बसिरहेका नेपालीहरुको इच्छा अनुसार नै विदेशमै यो वर्ष पनि उक्त अवार्ड गर्न लागेका हौं,' लामाले थपे, 'परदेशमा बसिरहेका नेपालीले एकसाथ धेरै कलाकारसँग भेटघाट गर्ने अवसर पनि यो अवार्ड कार्यक्रमले जुराउनेछ र'

युएईको व्यवस्थापनको जिम्मेवारी प्राविधिक संघले दुबईका सालिक सुवेदी र राजन अधिकारीलाई सुम्पेको छ। कार्यक्रमलाई सफल बनाउन तीनै पक्षबीच समझदारी भएको छ। नेपालीले गरेको कार्यक्रम अन्तर्राष्ट्रिय स्तरकै व्यवस्थित बनाउन आफूहरु डटिरहेको व्यवस्थापक सालिक सुवेदीले बताए।

अवार्ड कार्यक्रमलाई सफल बनाउन युएईमा क्रियाशील सामाजिक संस्थाहरु, जातीय संस्थाहरु, राजनीतिक दलका भातृ संगठनहरु, बुद्धिजीवी, समाजसेवी तथा पत्रकार सबैलाई सहयोग गर्न आयोजकले आग्रह गरिएको अर्का व्यवस्थापक कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा वितरक कम्पनीका राजन अधिकारीले अवगत गराए।

प्रकाशित: ९ भाद्र २०७३ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App