१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर-ललितपुरको कृष्ण मन्दिरमा आज बिहान देखि नै भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजन व्रत लिएर मन्दिरमा पूजाआराधना गर्न आउने गरेको मन्दिरका पुजारी प्रतापधर शर्माले बताए। हरेक भाद्र अष्टमीमा श्रीकृष्ण भगवान्को जन्म भएको दिनलाई सम्झेर यहाँ मेला लाग्ने गरेको उनको भनाइ छ ।

मन्दिरमा पूजाका लागि स्थानीयवासी चापागाउँ, सुनाकोठी, खोकना, बुङमती, थेचो, धापाखेल, गोदावरी तथा राजधानीका विभिन्न स्थानबाट भक्तजन आउने गरेको बताइएको छ ।

अष्टमीकै दिन राष्ट्रप्रमुखबाट पूजा गरिने प्रचलन रहेकोले कृष्ण मन्दिरको गरिमा बढेको उहाँको धारणा छ । श्रीकृष्ण भगवान्लाई नारायण, गोपाल, गौरीश्वर, वंशीधारी, योगेश्वरलगायत अनेक नामले पुज्ने गरिन्छ । रासस

सबै तस्बिर: प्रबिन काेइराला

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App