२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आफ्नो श्रीमानसँग हिँडेको भन्दै छुरा प्रहार, २४ वर्षीया राईको मृत्यु

दमक- छुरा प्रहारबाट झापाको तोपगाछीस्थित केर्खामा आज बिहान तोपगाछी-७ केर्खा बस्ने सुनिता राईको मृत्यु भएको छ ।  आफ्नो श्रीमान् सँगसँगै हिँडेको भन्दै श्रीमान् धनबहादुर लिम्बूसहित ती युवतीमाथि २४ वर्षीया रीता लिम्बूले गए राति अन्धाधुन्ध छुरा प्रहार गरेकी थिइन् ।

छुरा प्रहारबाट गम्भीर घाइते राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए । 

छुरा प्रहारबाट घाइते भएका उनका श्रीमान् धनबहादुरलाई भने लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । अभियुक्त रीतालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रासस 

प्रकाशित: ११ भाद्र २०७३ ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App