१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गुण्डा नाइके मनाङे पूर्पक्षकालागि थुनामा

काठमाडौं-कुख्यात गुन्डा नाइके दीपक मनाङे पूर्पक्षकालागि जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेश अनुसार मनाङे जेल चलान भएका हुन्।

अपहरण तथा शरिरबन्धक उद्योगमा मनाङे जेल चलान भएका हुन्। प्रहरीले पटक–पटक अनुसन्धान म्याद लिएर ६० दिनसम्म हिरासतमा राखी संगठित अपराधमा अनुसन्धान गरे पनि सरकारी वकिलको कार्यालयले मनाङे र उनका सहयोगीविरुद्ध त्यो मुद्दा नलगाइकन शरीरबन्धकको मुद्दा मात्र लगेको थियो।

सरकारी वकिलको कार्यालय, काठमाडौंले मनाङे र उनका सहयोगीलाई सोमबार काठमाडौं जिल्ला अदालतमा प्रहरी रायभन्दा फरक र फितलो मुद्दा दर्ता गराएको थियो।

प्रहरीले मनाङेसहित सुशील मनाङे, ज्याक गुरुङ र सनी गुरुङलाई फरार अभियुक्त सूचीसहितको मिसिल सरकारी वकिल कार्यालयमा आइतबार बुझाएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ठमेल र दरबारमार्गसहित देशका प्रमुख सहरका रात्रिकालीन व्यवसाय, कवाडी र बालुवाखानीमा राज गर्दै आएका दीपक मनाङे नामले कुख्यात गुन्डा नाइके राजीव गुरुङलाई असार तेस्रो साता पक्रेको थियो।

प्रकाशित: १४ भाद्र २०७३ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App