१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भिटारा ब्रेजाको बुकिङ खुल्ला

काठमाडौं– सिजी नेक्स्ट जेनले स्पोर्टिएस्ट एसयुभीका रुपमा रहेको सुजुकी भिटारा ब्रेजा सार्वजनिक गरेको छ। नाडा अटो सो–२०१६ मार्फत सार्वजनिक गरेको ब्रेजाको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

६ भिन्न भेराइटी उपलब्ध रहेको ब्रेजाले स्पोर्ट्स र ग्ल्यामर एडिसन उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार विशेष एडिसनका यी कारको बुकिङ नाडा सो अवधिभर कम्पनीको स्टल ‘ए स्टार वान’ मार्फतमात्र गर्न सकिने जनाएको छ ।

नेपालमा पहिलोपटक डुअल कलर स्किमसहित भिœयाइएका उक्त कारको कार्य क्षमता २ सय डिडिआइएस इन्जिनसहित सार्वजनिक गरेको बताएको छ । सो डिडिआइएसले  डिजल इन्जिनको ९० पिएस शक्ति र २४.३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।

ग्राउन्ड क्लियरेन्स र स्पोर्टी बडी किटमा उत्कृष्ट रहेको दाबी गर्दै कम्पनीले सो कारमा स्पोर्टी अलो ह्विल्स देखिने गरी मस्कुलर ह्विल आर्क प्रयोग गरिएको जनाएको छ । फ्लोटिङ रुफ डिजाइन भएकाले सो कारले गतिशीलताको अनुभव दिने प्रस्ट पारेको छ ।

कारमा आन्तरिक सजावटका लागि पियानो फिनिससहित स्पोर्टी सिट प्रयोग गरिएको छ । यात्रामा आरामदायी अनुभवका लागि कारमा यस सेग्मेन्ट अन्तर्गतकै ठूलो क्याबिन र बुटस्पेस उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ । कारमा चालक तथा यात्रुको सुरक्षामा विशेष ध्यान दिइएको कम्पनीको दाबी छ।

कारमा एयर ब्याग, एबिएस तथा पि–टेन्सनर र फोर्स लिमिटर सहितकोे छ । कम्पनीले कारमा बेस्ट इन क्लास फिचर्सका रुपमा एप्पल कार प्लेसहितको स्मार्ट प्ले इन्फोटेनमेन्ट प्रणाली, क्रुज कन्ट्रोल, एन्टी पिन्च गार्ड पावर विन्डो लगायत फिचर्स रहेको समेत जनाएको छ । कारमा किलेस एन्ट्री, स्टेरिङ माउन्टेड कन्ट्रोल, ब्लुटुथ, भ्वाइस कमान्ड, इन्जिन स्टार्ट स्टप बटन, क्यामेरा सहितको पार्किङ सेन्सर, अटो एसी लगायत सुविधा पनि उपलब्ध रहेको समेत प्रस्ट पारेको छ।

प्रकाशित: १५ भाद्र २०७३ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App