२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डमा शक्तिशाली भूकम्प

गिस्बोर्न- न्युजिल्याण्डमा शक्तिशाली भूकम्पको गएको छ। गिस्बोर्न सहरको उत्तरी पूर्वस्थित समुन्द्रमा केन्द्रबिन्दु पारेर ७.१ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। केन्द्रबिन्दु गिस्बोर्नभन्दा १ सय ६९ किलोमिटरको दूरीमा पर्छ।

भूकम्पपछि त्यहाँका अधिकारीहरुले तोगला तटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। भूकम्पका कारण केही घर तथा टहरहरुमा क्षति पुगेपनि मानवीय क्षतिको विवरण नआएको उनीहरुले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमले भूकम्पपछि सुनामीको खतरा रहेको बताए पनि सुनामी चेतावनी केन्द्रले भने समुद्रमा २१ सेन्टिमिटर उचाइमा मात्र छाल रहेकाले त्यस्तो कुनै खतरा नभएको जनाएको छ।

सन् २०११ मा दक्षिणी तटको क्राइस्टचर्च सहरका गएको ६.३ रेक्टर स्केलको भूकम्पमा परी १ सय ८५ जनाको ज्यान गएको थियो। न्युजिल्याण्डमा वर्षेनि १५ हजार पटक भूकम्प जाने गरेको र त्यसमध्ये १ सय ५० पटक शक्तिशाली भूकम्प जाने अधिकारीहरुले बताएका छन्।

 

 

प्रकाशित: १७ भाद्र २०७३ ०५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App