१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले छेक्न थाल्यो सडक

फाइल तस्बिरः नारायणगढ–मुग्लिङ सडकखण्डमा गाडीको जाम।

चितवन– घोषित रुपमा दिउँसो चार घन्टा बन्द हुँदै आएको असार १ गतेयता पूरै समय चालु हुने भनिए पनि निर्माणाधीन नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्न थालेपछि आवागमन असहज र पट्यारिलो बन्दै गएको छ । पहिरो पन्छाउन समय लाग्ने भएकाले यात्रु र मालवाहक गाडी घन्टौं जाममा पर्न थालेका छन । वर्षा हुन थालेपछि जलवीरेदेखि कालिखोलासम्मको क्षेत्रमा लगातार पहिरो खस्न थालेको नारायणगढ–मुग्लिङ सडक निर्माण आयोजना कार्यालयले जनाएको छ।

पहिरोले बुधबार राति नौ बजेदेखि अवरुद्ध सडक १४ घन्टापछि बिहीबार बिहान ११ बजे खुल्यो । मंगलबार राति पनि चारकिलोमै पहिरोले थुनिएको सडक बुधबार बिहान नौ बजे खुलेको थियो ।  

चारकिलोमा पहिरो झरेपछि बुधबार राति नौ बजेदेखि अवरुद्ध सडक १४ घन्टापछि बिहीबार बिहान ११ बजे खुल्यो । पहिरोकै कारण मंगलबार रातिदेखि अवरुद्ध सडक सात घन्टापछि बुधबार बिहान नौ बजे खुलेको थियो । सडक खुलेको १२ घन्टा नहुँदै फेरि सोही ठाउँमा पहिरो गएको हो ।

सडक फराकिलो पार्न ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँबाट पहिरो झर्न थालेको छ । बुधबार रातिको पहिरो अहिलेसम्मकै ठूलो भएको सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनालले बताए । बुधबार राति नौ बजे पहिरोले सडक थुनेपछि ११ बजेबाट पन्छाउन थालिएको थियो । चण्डिभञ्ज्याङ गाविसको चारकिलो भन्ने ठाउँमा पहिरो गएको थियो । पहिरो हटाएपछि दुईतर्फी नै गाडी चल्न थालेको जानकारी इन्जिनियर खनालले दिए ।    

‘असार लागेपछि एकदुई दिनबाहेक अरु दिन तीन चार घन्टा पहिरोका कारण बाटो थुनिएकै छ,’ खनालले भने । पहाड काटेको÷फोरेको ठाउँमा बर्षाको भल पसेपछि पहाड नै झर्ने गरेको उनले बताए । वर्षा नभए पनि गत माघमा कालिखोलाको सुक्खा पहिरोले १२ घन्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो ।
गाईघाट, घुमाउने, जलवीरे र कालिखोला सडक क्षेत्र पहिरोको उच्च जोखिममा रहेको सडक निर्माण आयोजनाले जनाएको छ । सो क्षेत्रमा सजग भएर यात्रा गर्न आयोजनाले सबैलाई अपिल गरेको छ । ‘यी ठाउँमा पहिरो सफा गर्ने र गाडी फसेमा तानेर निकाल्न निकाल्न डोजरलगायत उपकरण राखिएका छन् । साढे तीन किलो मिटरको फरकमा एउटा उपकरण राखिएको छ । ‘हामीले पहिरो पन्छाउन भनेर ६ वटा उपकरण राखेका छौं,’ इन्जिनियर खनालले भने । तर काम गर्दै जाँदा पहिरो पनि थपिने गर्दा  समय लाग्ने गरेको छ ।
नारायणगढ–मुग्लिङ सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरलाई पूर्वी तथा पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो । सन् २०१७ को अप्रिलपभित्र सडक विस्तार सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो सडक भएर दैनिक १० हजार हाराहारीमा गाडी ओहोरदोहोर गर्छन् । गत माघ २८ गतेदेखि निर्माण सुरु गरिएको यो सडकमा जेठ मसान्तसम्म बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो । असार १ गतेपछि पूरै समय गाडी चल्न छुट दिइए पनि पहिरोले दुःख दिन थालेको छ।

प्रकाशित: १० असार २०७३ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App