१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सामाजिक सञ्जालमा अश्लिल गाली नगर्न प्रियंकाको आग्रह

 काठमाडौं – अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत अश्लिल गाली नगर्न आग्रह गरेकी छिन्। आइतबार राति उनको आधिकारिक फेसबुकमार्फत 'मेरो मन रुवाउनेहरुको लागि' शीर्षकमा एउटा भावुक पोस्ट सार्वजनिक गर्दै यस्ताे अाग्रह गरेकी हुन्।

'जब जब म नयाँ फोटो हाल्छु, कुनै नयाँ फिल्मको गीत या म्युजिक भिडियो शेयर गर्छु, किन यति धेरै गाली गर्नुहुन्छ मलाइ? के मैले कुनै चोट पुर्रयाएँ? तपाईलाई व्यक्तिगत रूपमा ठेस पुर्रयाए? 'रन्डी', 'भालु', 'वेश्या' यस्ता शव्दहरु प्रयोग गरेर बडा आनन्द महशुस हुन्छ हो? एकदम महान काम गरेझै लाग्छ हो?,'उनले सामाजिक सञ्जालमा त्यस्ता गाली गर्नेलाई केन्द्रित गर्दै लेखेकी छिन्।

'हामी कलाकर दिन रात मेहेनत गर्छौ। फिलिम सुटिङ, कार्यक्रम। दशैँ, तिहार, चाडपर्व केही नसोची यहाँहरुलाई मनोरञ्जन दिन कतार, मलेसिया त अस्ट्रेलिया पुग्छौं। के को लागि? यही आलोचना खप्नको लागि? कति चित्त दुख्छ होला सोच्नुस्,'उनले लेखेकी छिन्।

'यहाँहरुको घरमा छोरीचेली छैनन? एक पटक सोच्नुस त, तपाइँको घरको दिदीबहिनी, आमा, भाउजू, छोरीहरुमाथि यस्ता शब्द कसैले प्रयोग गर्दा, तपाइलाइ कस्तो महशुस हुन्थ्यो? ठिक यस्तै महशुस हुदो होला नि मेरा बुबा, आमा, भाइ र अन्य परिवारका सदस्यहरुलाई। कहिलेकाहीं आमाले फोन गरेर छोरी कस्तो नराम्रो लेखेछ तिम्रो फोटोमा हेर त। छिटो डिलिट गर' भन्नुहुन्छ। कति चित्त दुख्छ होला उनको।'

प्रियंकाकाे फेसबुक स्ट्याटस

priyanka

नेपाली रजतपटकी चर्चित अभिनेत्री प्रियंकाले मनपर्दैन भने आफ्नो पेजमा नआउन र ब्लक गर्न विनम्रतापूर्वक अनुरोध गरेकी छिन्। 'बिन्ती अश्लील र जथाभावी गाली नलेखिदिनु होला। देशको कलाकारको सम्मान, देशबाट सुुरु हुन्छ,'उनले उल्लेख गरेकी छिन्। अभिनेत्री प्रियंका कार्की अभिनित 'हाउ फन्नी' रिलिजको तयारीमा छ।

प्रियंका सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राममा सक्रिय छिन्।

प्रकाशित: ७ वैशाख २०७३ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App