१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

तीन व्यक्ति प्रजनन् प्रविधिबाट जन्मियो पहिलो शिशु

वासिङटन –विश्वमै पहिलो पल्ट तीन व्यक्ति प्रजनन् प्रविधिबाट एक शिशुको जन्म भएको अमेरिकी चिकित्सकले दाबी गरेका छन्।
न्यु साइन्टिस्ट जर्नलका अनुसार अमेरिकी चिकित्सकले ३ जना मानिसको डिएनए मिश्रण प्रविधिबाट एक शिशुको जन्म भएको बताएका हुन्।

चिकित्सकहरुले भनेका छन्, ‘हामीले  आमा बुबा र डिम्बदाताको डिएनए मिश्रणले आमामा भएको लेह सिन्ड्रोम समस्याबाट जोगाएर उक्त शिशुको जन्म गराउन सफल भयौँ । उनीहरुले हरेक डिएनएमा माइटोक्रोन्ड्रिया  हुने र यसले डिएनएलाई उर्जा प्रदान गर्ने बताए।
 तर केही महिलामा भने माइटोक्रोन्ड्रियामा समस्या हुने भएकाले यसले प्रजनन् क्षमतामा असर पर्ने र यसलाई लेह सिन्ड्रोम भनिने तथा लेह

सिन्ड्रोमले नवजात शिशुको मष्तिस्कमा असर गर्ने भएकाले यो निकै खतरनाक बन्न सक्ने बताए। उनीहरुले हाल उक्त बालक ५ महिनाको रहेको र उक्त बालकमा हाल आफ्नो आमा बुबाको डिएनएका साथै अर्को एक मानिसको केहि अंश डिएनए रहेको बताएका छन्।

उक्त बालकका माता पिता जोर्डनका नागरिक हुन्। चिकित्सकले उक्त बालकको आमाको डिएनएमा विगतमा समस्या भएकै कारण यो नयाँ प्रविधि अपनाएको बताएका छन्। उनीहरुले भनेका छन्, ‘उक्त बालकको आमाबुबाले सन्तानका लागि धेरै दुःख सहन पर्यो, बालकको आमाको डिएनएमा भएको समस्याकै कारण यस अघि उनीहरुले दुई सन्तान गुमाउनु पर्यो साथै उनको गर्भ चार पटक तुहिएको थियो।’
उनीहरुले आफुहरुले यस प्रविधिको सफलतापूर्वक परिक्षण गर्न सफल भएको भन्दै आफुहरु नयाँ युगमा प्रवेश गरेको बताएका छन्।

 

प्रकाशित: १५ आश्विन २०७३ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App