१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

शर्मिलाले ल्याइन् लण्डनमा ‘मेरो ठुम्कामा’

 लण्डन- नेपाली आधुनिक तथा लोकप्रिय पार्श्व गायिका शर्मिला बर्देवाको  गीत ' मेरो  ठुमकामा '  आइतबार  लण्डनमा एक समारेहबीच बिमोचन गरिएको छ । समधुर स्वरकी धनी गायिका बर्देवाको यस संगितीक भिडियो बेलायतमा कार्यरत पत्रकारकाबीचमा बिमोचन गरिएको हो ।  पत्रकारद्वय नबिन पोखरेल र चिरन शर्मासहित बालिका आन्शिका परियारले संयुक्त रुपमा म्युजिक भिडियो ' मेरो  ठुमकामा '  बिमोचन गरेका हुन्। 
 
नृपेश उप्रेतीको शब्द र बसन्त सापकोटाको संगीत रहेको ' मेरो  ठुमकामा '  नाच्न मिल्ने रमाईलो गीत हो । यस गीतको  म्युजिक भिडियो भने बेलायत निवासी बिजय घिमिरेले निर्देशन गरेका हुन भने भिडियोमा स्वयं बिजय र चर्चित मोडेल साराले अभिनय गरेका छन् । सबै दृश्यहरु बेलायत मै छायांकन गरिएको हो । 
 
बिमोचन समारोहमा बोल्दै पत्रकार चिरन शर्माले राम्रो संगीतको प्रसार गर्नु संचारकर्मीहरुको पनि कर्तब्य भएको बताउदै बिदेशमा कलाकारहरुलाई नेपाली संकृति झल्किने कुरा प्रस्तुत गर्नु पर्नेमा जोड दिए।
 
समारोहमा पत्रकारहरु मिलन शर्मा ,   शिब भण्डारी , नारायण गाउले , नरेन्द्र बस्नेत , बिरेन्द्र श्रेष्ठ   लगायत  सपन इन्टरटेन्मेन्तका सपन राई  र मंजु गुरुङ पनि उपस्थित थिए ।
 
यस गीतको म्युजिक भिडियो बुढा सुब्बा डिजिटल लिमिटेड ले युट्युब मार्फत सार्बजनिक गरको छ भन्ने छिट्टै आइट्युन्स , गुगलप्ले , अमेजन एमपीथ्री , स्पटिफाई  लयायत सबै डिजिटल मीडियामा उपलब्ध हुने छ ।
 

प्रकाशित: १७ आश्विन २०७३ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App