१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मिस नेपाल अस्मीको बिदाई

काठमाडौं – द हिड्न ट्रेजरले यसवर्ष मिस वल्र्डमा सहभागि हुन लागेकी अस्मी श्रेष्ठलाई बिदाई गरेको छ । बिहीबार राजधानी आयोजित नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्र्रिय ब्युटी प्याजेन्टमा सहभागि हुन लागेका मिस नेपाल, मिस अर्थ, मिस इन्टरनेशनल र मिस एसिया प्यासेफिक इन्टरनेशनललाई औपचारिक बिदाई गरेको छ ।

‘अन्तराष्ट्र्रिय ब्युटी प्याजेन्टमा नेपालको प्रतिनिधित्व गर्न लागेका मिस नेपाल, मिस अर्थ, मिस इन्टरनेशनल र मिस एसिया प्यासेफिक इन्टरनेशनलको तयारी पुरा भएको छ,’ आयोजकका गोपालसुन्दरलाल कक्षपतिले भने,‘प्रशिक्षण अवधीभर आ–आफ्नो प्रोजेक्ट समेत गरेका थिए। यसले उनीहरुलाई अन्तराष्ट्र्रिय प्याजेन्टमा सहभागि हुन महत्वपूर्ण भूमिका खेल्नेछ। आशा गरौं सबै सहभागिले नेपालको प्रतिनिधित्व गरेसँगै उपाधीपनि जित्नेछन्।’

यसवर्षकी मिस नेपाल अस्मी श्रेष्ठ आगामी पुस ३ मा अमेरिकामा हुने मिस वल्र्डको अन्तिम तयारीमा जुटेकी छिन्। मिस वल्र्डअन्तर्गत मूख्य विधा मानिने ‘ब्युटी विथ पप्रोज’को लागि मिस नेपाल अस्मीले ‘क्लासरुम एन्ड वियोन्ड’नामक प्रोजेक्ट तयार गरेकी छिन्।

‘मिस वल्र्ड अन्तरर्गत व्युटी विथ पप्रोजमा मैले नेपाली बालबालिकाको शिक्षालाई जोड दिएको छु । बालबालिकाको शिक्षाको लागि मैले भूकम्प प्रभावित गोर्खामा स्कूलको निर्माणमा जुटेको छु। मेरो यो प्रोजेक्टमा पूर्व मिस नेपाल इशानी श्रेष्ठले एक लाख सहयोग गरेकी छन्,‘मिस नेपाल अस्मी श्रेष्ठले भनिन्,‘केही महिनादेखि महिनादेखि मिस वल्र्डको प्रशिक्षण गरिरहेको छु । प्रतियोगिता अवधीसम्म नेपाललाई विश्वमा परिचित गराउने कोशिस गर्नेछु । प्याजेन्टमा नेपालको प्रतिनिधित्व गर्न उत्साहित छु।’ मिस वल्र्डको ६६ औं संस्करणमा नेपालबाहेक ४७ देशका प्रतियोगिहरुले सहभागिताको लागि सिट पक्का गरिसकेका छन् । त्यस्तै ३४ देशमा मिस वल्र्डमा सहभागि हुने सुन्दरी प्रतियोगिताहरु हुन बाँकी छन् ।

त्यस्तै आगामी कात्र्तिक १३मा फिलिपिन्समा हुने मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्न लागेकी रोशनी खत्री बिहीबार यसतर्फ प्रस्थान गर्दैछिन्। नेपालको प्राकृतिक सुन्दरता र जलवायु परिवर्तनलाई केन्द्रित गरेर उनले ‘अ ह्याप्पी होम’ नामक प्रोजेक्ट तयार गरेकी छिन्। ‘जलवायु परिवर्तनले गर्दा नेपालको प्राकृतिक सौन्दर्यमाथि प्रत्यक्ष रुपमा असर गरेको छ। प्राृकतिक सौन्दर्यलाई जोगाउन ‘अ ह्याप्पी होम’ प्रोजेक्ट संञ्चालन गरेको छु। यसअन्तर्गत वृक्षारोपन र बाग्मती सरसफाई लगायत जनचेनतामूलक काममा सक्रिय भएको लागिपरेको छु,’रोशनीले भनिन्।

आगामी कार्तिक ११ मा जापानमा हुने मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्न लागेकी वर्षा लेखी केही दिनमा त्यसतर्फ प्रस्थान गर्दैछिन्। उनले बालबालिकाको ‘ह्याप्पी स्माईल’ अन्तर्गत शिविर संञ्चालन गरेकी थिइन्।

मिस नेपालमा सहभागि अन्सु केसीले भने आगामी कार्तिक २९ मा फिलिपिन्स मिस एसिया प्यासेफिकमा नेपालको प्रतिनिधित्व गर्दैछिन्।

कोरियोग्राफर रचना गुरुङ शर्माले उनीहरुलाई प्रशिक्षण दिएकी थिइन्।

 

 

 

प्रकाशित: २० आश्विन २०७३ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App