१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

झापामा उघ्रियो 'राधा'को घुम्टो

काठमाडौं- झापामा नै अधिकांश छायांकन भएको फिल्म 'राधा'को फष्टलुक पोष्टर रिलिज भएको छ।  तिहारमा रिलिज हुने उक्त फिल्मको झापा दमकमा  आयोजित एक पत्रकार सम्मेलनमा फष्टलुक पोष्टर रिलिज गरिएको हो। पोष्टरलाई दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले उघारेका थिए।

कार्यक्रममा निर्देशक योगेश घिमिरे, पटकथा लेखक प्रदीप भारद्धाज सहित दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विमल खतिवडा, प्रथम उपाध्यक्ष गोपाल गुरागाई, एफडी कम्पनीका पूर्वाञ्चल वितरक चौतन्य बराल एवं नेपाल चलचित्र संघ पूर्वाञ्चल बेल्टका निवर्तमान सभापति विकास कोइराला लगायतको उपस्थिती थियो।

कार्यक्रममा उद्योग वाणिज्य संघका दमकका अध्यक्ष एवं प्रमुख अतिथि राजेन्द्र ढकालले फिल्म व्यवसायलाई व्यवस्थित गर्न आफ्नो क्षेत्रबाट सधै पहल रहने भन्दै 'राधा'लाई सफलताको शुभकामना दिएका थिए।  निर्देशक घिमिरेले भने माया प्रेमको कथालाई मुख्य विषय बनाएर राम्रो फिल्म दिन खोजेको बताएका थिए।

पटकथा लेखक प्रदीप भारद्धाजले  फिल्मको कथा चट्पटे स्वादको रहेको बताउँदैे २ घण्टाको समयमा दर्शकले भरपुर मनोरञ्जन पाउने दावी गरेका थिए।

 जीवन लुइँटेल र संचिता लुइँटेल मुख्य भूमिकामा रहेको फिल्म कात्तिक १२ मा सार्वजनिक प्रदर्शनमा आउँदैछ।

 

प्रकाशित: १ कार्तिक २०७३ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App