१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

रोयल मुर्कीबेंसी

विवश वस्ती

काठमाडौंको यान्त्रिक, निरस र एकसूत्रीय जीवन–दृश्यबाट सीमित दिनका लागि दूर हुने इच्छा केही समयदेखि पलाइरहेको थियो मभित्र। वर्षाकालीन दिनहरू निखि्रएर मौसम पनि क्रमशः खुल्दै गइरहेको हु“दा एकाध दिन कुनै ग्रामीण बस्तीतिर टहलिने इच्छा तीव्र रूपमा जागृत भइरहेको थियो। मन पनि हलुंगो र दिशाविहीन हु“दै गइरहेका बेला म केही दिनका लागि काठमाडौंबाट बाहिरि“दै थिए“ आज।

आकाश, छ्यांगै खुलेको थियो।

शरद ऋतुका प्रारम्भिक दिनहरू यस्तै हुन्छन्। सफा मौसम। भर्खरै लर्किन थालेका धानका बालाले मन अत्यन्तै मुग्ध र प्रफुल्ल तुल्याइरहेको थियो। म बसमा यात्रारत थिए“ र हातमा एउटा किताब पनि च्यापिरहेको थिए“। कहिले किताबका पानातिर विचरण गर्दै र कहिले वरिपरिका दृश्य–विम्बहरू टिप्दै आफ्नै संसारमा निमग्न भइरहेको थिए“।

'ल, आइपुग्यो, मुर्कीबेसी...। झर्नुस्, बसको अन्तिम स्टेसन यही हो,' एकजना १३–१४ वर्षीय केटाको तीखो स्वरले कुन कल्पना–क्षितिजमा उडानरत् मेरो ध्यानलाई एकाएक भंग तुल्याइदियो। मैले बसबाट ओर्लिएर आफ्ना गहु“गा पाइलाहरू भुइ“मा टेकें। भुइ“ कताकता भासिएझैं अनुभूति भयो। मन–मस्तिष्कभरि महेशकै आकृति मडारिइरहेको थियो।

मोबाइलले कसैको सन्देश आएको जनाउ दियो। सोचें, दसैं आउन धेरै दिन बा“की नभएको हु“दा कसैले शुभकामना–सन्देश पठाए होलान्। हेरें, शान्तनुको सन्देश रहेछ। सन्देशमा शुभकामना, बधाई वा कुनै शुभ–सन्देश टा“सिएर आएको थिएन। थियो त केवल कसैको मृत्यु–सन्देश। लेखिएको थियो, 'महेशको आज दुःखद निधन भयो। ३ बजे आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ, आउनुहोला।'

केही क्षणअघिसम्म प्रफुल्लित मनको क्षितिजमा एकाएक कालो बादल मडारियो। मन, एक्कासि बेचैन भयो। बस गुडिरहेको थियो र झ्यालबाट वरिपरिका दृश्य पनि देखिइरहेका थिए। के गरौं, कसो गरौं भयो मलाई। तत्काल शान्तनुलाई फोन गरें, लागेन रत्तिभर। निकै समयसम्म प्रयास जारी राखें।

'कति बेला बितेका हुन्, महेश?' मैले सोधें।

'बिहान,' शान्तनुले भने, 'कता छौ, तिमी? तुरुन्तै उसको घरमा आऊ।'

'म त केही दिनका लागि काठमाडौं बाहिर जा“दै छु। के गर्ने? कस्तो बेला परेछ? उसको अन्तिम यात्रामा सामेल हुन नपाउने भए“,' मैले एकै सासमा दिक्दारी पोखें र लाचारी पनि व्यक्त गरें। फर्केर जा“दा पनि उसको अन्तिम संस्कार भइसकेको हुने भएकाले मैले शान्तनुलाई भनें, 'म चा“डै नै फर्किन्छु। भाउजू र छोराछोरीलाई मेरो समवेदना सुनाइदिनू।'

'हुन्छ' शान्तनुले यति मात्रै भन्यो।

'उसको मृत्यु त...।'

'अत्यधिक रक्सी सेवनले नै हो। हिजो रातिदेखि नै च्यापेको रहेछ। बिहान त उसको पार्थिव शरीरसित मात्र हाम्रो भेट भयो,' शान्तनुले गला अवरुद्ध तुल्याउ“दै भने।

मेरो पनि अवरुद्ध भयो गला। किन थामिन सक्थें र, म पनि? साथीभाइको पंक्तिमा सबभन्दा भावुक, गम्भीर र अति संवेदनशील पात्रको रूपमा मेरो परिचय स्थापित पहिल्यै भएको हो। केही समय फोनमा हामीबीच कुनै संवाद–रेखा कोरिएन। शान्तनुले भने, 'ठीकै छ, हामी मिलेर सद्गत् गरौंला। तिमी आफ्नो यात्रामा सकुशल जाऊ।' कस्तो अचम्म! म काठमाडौं बाहिर जा“दै छु भन्ने कुराको उनलाई जानकारी गराए“ पनि उनले 'कहा“, कता' भन्ने सोधेन। सायद, महेशको मृत्युको पीडाले च्यापिरहेको हु“दा उनको ध्यान नै पुगेन।

जता हेर्छु, त्यतै महेशको अनुहार नाच्न थाल्यो। बाहिर हेरें, त्यतै महेश दौडिरहेको पाए“। मन अशान्त भइरह्यो। आ“धीमा फसेको कुनै पक्षीझैं मन कहिले यो दिशामा र कहिले त्यो दिशामा लतारिइरह्यो। थाम्न खोजें, कुनै पनि प्रयास सफल हुन सकेन। मन शान्त तुल्याउन किताबका पानाहरूतिर हेरें, त्यहा“ पनि महेश अक्षर बनेर प्रकट भइरहेको आभास भयो। कताकता ती अक्षर नै महेशको रूपमा बोलिरहेको छ कि जस्तो आभास भयो, 'कता छौ, तिमी? मित्र, म त यो अपार संसारदेखि टाढा भए“... सदासदाका लागि।'

आ“खा चिम्लिएर सोचमग्न भए“। अरु विकल्प थिएन ममा।

०००

महेश, शान्तनु र म एउटै कलेजका सहपाठी थियौं। खुबै मिल्थ्यौं। शान्तनु र म अध्ययनमा लिप्त थियौं तर महेश भने हामीभन्दा बढी नै राजनीतिप्रति मुखर थिए। देश र समाजको परिवर्तनको परिकल्पनामा नै उनका दिन बित्थे। र, अध्ययनतिर होइन, राजनीतिक दिशातिर उनको बढी झुकाव थियो।

एकपटक महेश कोठाबाट बेपत्ता भए। अरु समय बाहिरतिर जा“दा हामीलाई सूचना दिएर जान्थे, तर त्यो बेला भने उनी बिनासूचना कोठाबाट गायब भएको थिए। करिब १० दिनपछि फर्किए, अत्यन्तै हर्षातिरेक मुद्रामा।

'कहा“ गएका थियौ?' मैले सोधें।

'यसपटक अलि जरुरी काम थियो। तिमेरुलाई कुनै खबर नै नगरी जानुपर्‍यो। परिस्थिति पनि त्यस्तै थियो, पहिलाभन्दा अलि फरक,' उनले भने।

उनको कुराले मलाई विचित्र–बोध गरायो। मैले सोधें, 'के त्यस्तो फरक थियो?'

'समयले नै बताउ“छ। अहिले यति मात्रै बुझ,' उनले भने।

'हैन, हामीलाई भन्नै नहुने? के त्यस्तो कुरा हो?' मैले अलि बढी नै केरकार गरें, त्यति अधिकार राख्थें पनि।

'हामी चा“डै नै यो पुरानो सत्तालाई ध्वस्त पारेर नया“ सत्ता ल्याउने अभियानमा लाग्दै छौं। अबको केही वर्षपछि नै यो देशले नया“ मोड लिनेछ, हामी यो देशको मुहार फेर्न लागिरहेका छौं,' उनी निकै नै रोमाञ्चित देखिए।

'धेरै भावुक नबन।'

'भावुकता होइन यो, कटु यथार्थ हो।'

एक दिन एल्बम पल्टाउने क्रममा मैले देखें, उनले आफ्ना सबै तस्बिरहरू झिकिसकेका रहेछन् र डायरीलगायत अन्य कागजात पनि कोठामा थिएन। सा“झ फर्कंदा मैले जिज्ञासा मेटाउन चाहें, 'एल्बममा त तिम्रा एउटा पनि तस्बिर छैनन्।'

'हो, मैले झिकेको हु“।'

'किन?'

'अब ती तस्बिरहरू राखिनु उचित छैन। भोलि यो कोठामा छापा मार्दा फेला पर्न सक्छ।'

'तिमीले त्यस्तो के गल्ती गरेका छौ र?'

'भोलिका दिनमा त्यस्तो परिस्थितिको जन्म हुन सक्छ।'

'तिमी हरेक दिनको घटनावस्तुलाई डायरीमा लिपिबद्ध तुल्याउ“थ्यौ, ती डायरीहरू पनि अब काम नलाग्ने भए?' मैले सोधें।

'हैन, काम लाग्छ र यी डायरीहरू कुनै ठाउ“मा सुरक्षित रहलान्,' उनी केही भावुक देखिए, 'डायरी लेखन एउटा यस्तो पक्ष हो, जो आफ्ना भावना अभिव्यक्तिको एउटा सुन्दर माध्यम हो।'

महेशको कुराले मलाई रातभरि बेचैन तुल्यायो। उनी अत्यन्तै रहस्यमय ढंगले मसामु किन प्रस्तुत भइरहेका छन्, अचेल। मैले कुनै फेद–टुप्पो पर्गेल्न सकिरहेको थिइन“। उनको बदलि“दो आनीबानीले मलाई थप पीडा दिइरहेको थियो।

एक दिन, महेश आफ्नो अभियानमा हि“डे।

०००

महेश भूमिगत भएपछि हाम्रो पूर्णतः सम्पर्कविच्छेद भयो। उनी पश्चिम पहाडको कुनै विकट इलाकामा युद्ध हा“क्दै छन् भन्ने अपुष्ट खबर पाउ“थे बेलाबखत। एक दिन म कोठामै बसिरहेको थिए“, शान्तनु हातमा एउटा पत्रिका च्यापेर आइपुगे।

'तिम्लाई महेशको बारेमा केही थाहा छ?'

'अह“, म त पूरै अनभिज्ञ छु।'

'यो सम्चार पढ त।'

'ल, यस्तो काम पो गर्नुपर्छ त। तब मात्र जनताको स्नेह पाइन्छ र जनताको बीचमा भिज्न कुनै समस्या पर्दैन,' समाचार पढिसकेपछि मैले प्रतिक्रियास्वरूप यी शब्दहरू बिसाए“।

समाचारले बताउ“थ्यो कि, महेशले जुन ठाउ“मा जिम्मेवारी लिएका थिए, त्यो ठाउ“लाई पूरै मदिरा निषेधित क्षेत्र घोषणा गरेका रहेछन्। मदिराको कारण ग्रामीण क्षेत्रको प्रगतिमा बाधा पुगेको र त्यही कारण सामाजिक विकृति चुलिएको हु“दा महेश आफैंले नेतृत्व गरेर गाउ“गाउ“मा गई जा“डका घ्याम्पा फुटाएको कुरा समाचारमा उल्लेख थियो।

मदिराका कारण घर, परिवार र समाजमा पुर्‍याएको डरलाग्दो असरबारे केही स्थानीय महिलाका भनाइ पनि उल्लेख गरिएको थियो।

एक महिला– मेरो घर बिग्रिसकेको थियो। म दिनभरि काम गर्थें र साना–साना बच्चाहरूको पालनपोषण गर्थें। तर मेरो श्रीमान् भने सधैं रक्सी खाएर आउनुहुन्थ्यो, मलाई र छोराछोरीलाई कुटपिट गर्नुहुन्थ्यो। तर अब भने केही सुधार आउने देखिन्छ।

अर्की महिला :  केही वर्ष पहिले हामीले मदिराविरोधी अभियान चलायौं। तर, सफल हुन सकेनौं। हामी महिला जतिसुकै संगठित भए पनि घरभित्रका मानिसले सहयोग गरेनन् भने हाम्रो अभियानको कुनै अर्थ रह“दैन।

महेशको भनाइ पनि उल्लेख गरिएको थियो, 'हामीले सधैं राजनीतिका मोटामोटा कुरा मात्र गर्‍यौं। तर, सामाजिक जीवनमा व्याप्त विकृतिको अन्त्य गर्नेतिर हाम्रो ध्यान जान सकेन। तर, अब हामीले समाजलाई गाल्ने विकृतिको पहिचान गरेर त्यसको समूल अन्त्य गर्ने दिशातिर पाइला चालेका छौं। र, त्यसको सुरुवात मदिराविरोधी अभियानबाट गर्न लागिरहेका छौं।'

यो त समाचारमा आएको विषय पर्‍यो। महेशकै क्षेत्रबाट आएका एकजना व्यक्तिले अझ रोचक कुरा सुनाए।

महेश अल्कोहलमा निर्लिप्त रहनेलाई सख्त घृणा गर्थे, आफ्नै पार्टीभित्रका होस् वा बाहिरका नै किन नहोऊन। उनी कसैलाई पनि छुट दि“दैनथे। एकपटक, पार्टीभित्रको एउटा बैठकमा उनले आफूभन्दा माथिल्लो तहका नेतालाई बैठकमा बस्ने अनुमति नै दिएनन्।

ती नेता हलुका मदिरा सेवन गरेर बैठकमा आएका थिए। त्यो कुरा महेशले सुइको पाइसकेका थिए। उनले ती नेताप्रति लक्षित गर्दै सोधे, 'कमरेड, तपाईंले अलिअलि नशा सेवन गरेर आउनुभएको हो क्यारे हैन?'

'कसले भन्यो तपाईलाई?' ती नेता कड्किए।

'मैले थाहा पाइसकें। यति मात्रै भन्नुस्, हो वा होइन?'

'मलाई यस्तो प्रश्न गर्ने अधिकार तपाईंलाई छैन।'

'यो मदिरा निषेधित क्षेत्र हो। कसैले मदिरा सेवन गरेर सामाजिक जीवनमा दख्खल पुर्‍याउने काम गर्छ भने हामी त्यस्ता व्यक्तिप्रति भौतिक कारबाहीमा समेत उत्रन्छौं। हामीले धेरै ज“ड्याहालाई भाटे कारबाही गरिसकेका छौं,' महेश भन्दै थिए। उनको कुरालाई बीचैमा रोकेर ती ठूला नेताले सोधे, 'के तपाईंले छोरी कुटेर बुहारीलाई तर्साउन खोज्नुभएको त हैन?'

'जे ठान्नुस्, तर म यो बैठकमा कसैले रक्सी सेवन गरेका आएका छन् भने सहभागी हुन दिन्न,' महेश अत्यन्तै कडा रूपमा प्रस्तुत भए।

'रक्सी त कसले खा“दैनन् र? सबैले खान्छन्। ठूला–ठूला बादशाह, राजा–महाराजाले त खान्थे र हाम्रै कतिपय नेताले पनि थकान मेट्न खान्छन्,' ती नेता केही नम्र देखिए।

'तपाईं यी बकम्फुसे कुरा नगर्नुस्। राजा–महाराजाको उदाहरण नदिनुस्, हामी सर्वहाराको मुक्ति चाहने मानिस हौं। मलाई यति मात्रै भन्नुस्, यो बैठकबाट तपाईं निस्कनुहुन्छ कि हुन्न?' महेश निकै नै उग्र भइसकेका थिए। परिस्थिति निकै नै चर्को बिन्दुतिर मोडि“दै गइरहेको थियो। उनले थपे, 'यही रक्सीविरोधी अभियानकै कारण हामीले यो इलाकामा जनताको अपार समर्थन पाइरहेका छौं। राजनीतिका खोक्रा कुराले भन्दा सामाजिक परिवर्तनका दिशामा चालिएको कदमले जनताको मन जित्न सकिन्छ, कसो कमरेड?' महेशले दृढतापूर्वक भने।

ती नेता बिनाप्रतिक्रिया बैठक–स्थलबाट निस्किएर हि“डे।

०००

१० वर्षपछि महेश सहर पसे। यद्यपि, उनी सहरसित अपरिचित नभए पनि नया“ परिवेशबीच उनले सहर टेकेका थिए।

मैले काठमाडौंमा दुःखजिलो गरेर एउटा घर बनाइसकेको थिए“। उनी सहर छिरेको दिन मेरो घरमा नै आए। मैले आत्मीय मित्रको सत्कारमा कुनै कमी आउन दिइन“। म त्यतिन्जेलसम्म सा“झमा एकाध पेग पिउने भइसकेको थिए“। सहरको यान्त्रिक जीवनशैलीलाई एकाध घन्टाका लागि अलमल्याउन म कहिले साथीहरूसित त कहिले एक्लै 'चियर्स' गर्थें।

'अनि, टोटल्ली छाडेको तिम्ले?'

'अ“, पूरै।'

'अब त अलिअलि पिए हुन्छ नि,' मैले महेशको अनुहार नियाल्दै भनें, 'तिम्रा ठूला नेताले पनि अचेल जमेरै पिउ“छन् रे।'

मैले केही व्यंग्यमिश्रित शब्दमा फेरि भनें, 'हामी त यस्तै मध्यम वर्गकाले पिउने त पिउने हौं नि। तिम्रा ठूला नेताले त बादशाहले पिउने ब्रान्डका पिउ“छन् रे अचेल।' म हा“स्न खोजें। तर, उनको अनुहारको भाषा बुझेपछि हा“स्न भने त्यति उचित लागेन।

'वाहियात कुरा,' उसले प्रतिवाद गर्दै भन्यो।

'मिडियाहरूमा त त्यस्तै कुरा आइरहेका छन्।'

'मिडियाहरूको कुरै नगर्नू। मिडियाहरू हामीलाई सिध्याउन लागिपरेका छन्। अझै पनि मिडियाले जनविरोधी धारलाई नै सहयोग पुर्‍याउ“दै आइरहेको छ। यस्तै हुन्छ, यस्तो बेला। हिजो हामी शान्ति प्रक्रियामा नआउ“दा पनि मिडिया हाम्रो पक्षमा थिएनन् र आज त झन् हुने कुरै भएन,' महेशले भन्दै गए, 'मिडियाको चरित्र कस्तो हुन्छ भने, जुन गाईले जसको चरनको घा“स हसुरेको छ, उसले त्यही चरनको मालिकलाई न दूध दिने हो। अरूलाई थोडै दिन्छन्?'

मैले उसलाई पिउनका लागि थप आग्रह गर्न चाहिन“। उसको निष्ठा र संकल्पको पर्खाललाई भत्काउने कुचेष्टा पनि मैले स“गाल्न चाहिन“।

०००

कस्तो संयोग!

एक दिन एकजना साथीको छोराको बिहेभोजमा महेश, शान्तनु र मेरो भेट भयो। धेरै वर्षपछि हामी एउटै थलोमा उभिएका थियौं। यस्तो सुखद अवसर यदाकदा मात्रै जुर्छ। यो सौहार्द अवसरलाई अलि रमाइलो र आत्मीय बनाउन चाहें मैले।

'आज अलिअलि पिउनुपर्छ,' मैले प्रस्ताव राखें, 'यसरी एकै थलोमा जुर्ने औसर कहिले मिल्ला र?'

'हो, म केही दिनभित्रै क्यानडा जा“दै छु,' शान्तनुले भने।

'उतै बस्ने गरी?'

'हैन फर्किन्छु।'

मेरो प्रस्तावलाई महेशले अस्वीकार गरेनन्। हामी तीनैजना सा“झको रमझमलाई गरिमामय र सौहार्द बनाउन लागिपर्‍यौं। तर, हामीले पिउने क्रममा यस्तो स्थिति उत्पन्न भयो कि, म र शान्तनु नियन्त्रणमा थियौं। तर, महेश भने अनियन्त्रित हुने दौडमा सामेल भइसकेको थियो।

'खै, एक पेग पाउँ त,' महेशको बोली नियन्त्रण बाहिर हु“दै थियो।

'पुगेन अझै?' मैले सोधें।

'कसरी पुग्छ? यति जाबोले पुग्छ हाम्लाई?' मेरो हातमा गिलास नदेखेपछि उनले भने, 'खै, तिम्ले त..।'

'मलाई पुग्यो अब।'

'धत्, कहा“ पुग्छ। अझै दुई–चार पेग थप्नुपर्छ,' महेशले हातमा गिलास लि“दै र वरिपरिको माहोलतिर एकसरो नजर घुमाउ“दै भने, 'यो खुट्टा नै लर्बरिएन भने पिएको के मजा भयो र? पिउने हो, मजाले पिउने हो। खुट्टा लर्बरिन नछाडुन्जेलसम्म पिउने हो।'

उनले पंकज उदासको एउटा सदावहार गीत गुनगुनाउन थाल्यो र हातमा टिलपिल गिलास लि“दै एक्लै नाच्न थाल्यो। पिएपछि महेशको एउटा के राम्रो बानी थियो भने उनी कसैलाई पनि गालीगलौज गर्दैनथे र झगडा गर्न पनि तम्सिदैनथे। पिएपछि रमाइलो गर्ने स्वभाव थियो उनको। मात्र मनोरञ्जन। भन्थे पनि, 'यो चिज आनन्दका लागि पिउने हो। रमाइलोका लागि पिउने हो।'

त्यस दिन महेशले देखाएको विचित्र स्वभावका कारण मेरो दिमाग धेरै दिनसम्म रन्थनिइरह्यो।

०००

सा“झ निकै नै छिप्पिइसकेको थियो। त्यस दिन म ढिला नै घर फर्कंदै थिए“। रातको ९–१० नै बजिसकेको थियो। घर फर्कंदै गर्दा चोकमा एकजना व्यक्ति उत्पात्तै हो–हल्ला गर्दै थिए। अलि टाढैबाट देखें, ती मस्तले नाचिरहेका थिए। स्वर कताकता सुनेजस्तो लाग्यो। झन् नजिक गएर हेरें। अहो, मेरा प्रिय मित्र महेश रहेछन्।

'महेश,' मैले बोलाए“।

'ओ, मेरा प्रिय मित्र, कता छौ अहिले? आफ्ना साथीभाइलाई सम्भि्कनुपर्दैन? काठमाडौंमा घर भयो भन्दैमा सबै कुरा बिर्सने?' ऊ मलाई अनावश्यक रूपमा छेडछाड गर्न थाल्यो। ऊ पहिला त्यस्तो थिएन, पिए पनि साथीभाइलाई त्यति तीता शब्दले झाट्दैनथ्यो।

'हि“ड, म कोठासम्म छाडिदिन्छु।'

'पर्दैन, म आफैं जान्छु,' ऊ लर्खराउ“दै सडकको पेटी नाप्न थाल्यो। तर, उसले अस्वीकार गर्दागर्दै पनि मैले उसलाई कोठासम्म छाडें र थकित र निराश मुद्रा बोकेर आफ्नो घरको दिशा सोझ्याए“।

त्यो रात म राम्ररी निदाउन सकिन“। युद्धकालमा रक्सीको घ्याम्पो फुटाउने र अहिले रक्सीको मातमा तीव्र रूपमा डुबिरहेको उही महेशबीचको अन्तर खुट्याउन खोजें। म पूर्णतः असफल साबित भइरहें।

०००

एक दिन, भाउजूको फोन आयो। स्वर, धेरै नै करुण थियो। मैले अड्कल लगाए“, महेशकै बारेमा कुनै कुरा गर्नका लागि होला। हो रहेछ। मसिनो स्वरमा भाउजूले भनिन्, 'उहा“को बानी छुट्दै छुटेन। हामीले धेरै प्रयास गर्‍यौं। तर, असफल मात्र हु“दै आयौं। हिजो राति त मुखबाट रगत नै आयो। करिब एक मानाजति...।'

'अस्पताल लैजानुभएन?'

'लगेको। डक्टरले केही दबाइ लेखिदिएका छन्। तर, जतिसुकै दबाइ गरे पनि रक्सी छाडेन भने औषधि खाएर पनि केही अर्थ हु“दैन रे,' भाउजूले भनिन्।

'अहिले कता हुनुहुन्छ?'

'घरमै निदाउनुभएको छ। तपाईंहरूले पनि सम्झाइदिनुपर्‍यो। कम्तीमा मिल्ने साथीहरूले भन्दा सम्भि्कएलान् कि? हिजो पनि तपाईंको नाम लिनुभएको थियो। लौन, बाबु, एकपटक सम्झाइदिनुपर्‍यो।'

'हुन्छ, म सम्झाउ“छु। तर केही उपाय लागेन भने सुधारगृहमा राखेरै भए पनि रक्सीको लत छुटाउनुपर्छ। अहिले कहा“ पुग्ने मान्छे, हेर त। पहिला त त्यस्तो हुनुहुन्थेन। कसरी धेरै पिउने हुनुभयो, भाउजू?'

'नसोध्नुस् बाबु, पीडा दिन्छ धेरै मलाई। उहा“ त्यत्रो युद्ध लडेको मान्छे, तपाईंलाई थाहा छ“दै छ। म पनि युद्धमै हि“डेकी हु“। हाम्रो विवाह नै लडाइ“को मैदानमा भएको हो,' फोनमै लामो सास फेर्दै भाउजूले भनिन्, 'तर, पार्टी सत्तामा गएपछि उहा“जस्ता मानिसलाई उपेक्षा गर्न थालियो। र, हिजो अवसर खोज्दै आएकाहरूले भने राम्रा–राम्रा मौका पाए। तिनै अवसरवादीहरू नै सभासद् भए, मन्त्री भए र विभिन्न राजनीतिक नियुक्ति पनि तिनीहरूकै पोल्टामा पर्‍यो। यस्तो कुराले उहा“लाई बारम्बार बेचैन बनाउ“थ्यो। सायद, त्यही बेचैनीको परिणामस्वरूप नै उहा“ले रक्सीलाई आफ्नो प्रिय मित्र बनाउनुभयो। कथा लामो र मार्मिक छ, बाबु।'

'हुन्छ भाउजू, महेशजीलाई म सम्झाउ“ला। र, रक्सीको संसारदेखि अलग राख्ने उपाय पनि खोजौंला,' फोन संवादको अन्त्य हुनेबित्तिकै मभित्र गाढा उकुसमुकुस पैदा भयो र कताकता रिंगटा लाग्लाजस्तो भयो। तर, सम्हालिए“लगत्तै।

०००

'ल, आइपुग्यो, मुर्कीबेसी...। झर्नुस्, बसको अन्तिम स्टेसन यही हो,' एकजना १३–१४ वर्षीय केटाको तीखो स्वरले कुन कल्पना–क्षितिजमा उडानरत् मेरो ध्यानलाई एकाएक भंग तुल्याइदियो।

मैले बसबाट ओर्लिएर आफ्ना गहु“गा पाइलाहरू भुइ“मा टेकें। भुइ“ कताकता भासिएझैं अनुभूति भयो। मन–मस्तिष्कभरि महेशकै आकृति मडारिइरहेको थियो। वरिपरि हेरें, पहाडहरू हरिया देखिन्थे, तल एउटा नदी बगिरहेको थियो र नजिकैका खेतहरूमा धानका बालाहरू पसाउने क्रम भर्खरै प्रारम्भ भएको थियो।

धेरै समयदेखि एउटै बिन्दुमा मूर्तिवत उभिएर त्यो बिन्दुबाट अन्तै पाइला सार्ने बेलामा भने आफू चढेर आएको बसको भित्तातिर हेरें। हिलोले लतपतिएको बसको भित्तामा केही बुझिने शब्दहरू लेखिएको थियो, मैले बिस्तारै पढें, 'तपाईको यात्रा सुखद् रहोस्। रोयल मुर्कीबेंसी...।'

प्रकाशित: ६ कार्तिक २०७३ ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App