१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लोकमान नियुक्तिमा हामी हारेको कोसँग हो? : गगन थापा (भिडियो)

संसदलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री तथा कांग्रेस सांसद गगनकुमार थापा। तस्विरः दीपेश श्रेष्ठ

काठमाडौं— स्वास्थ्यमन्त्री तथा कांग्रेस सांसद गगनकुमार थापाले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय स्वाभिमानसँग जोडिएको बताएका छन्। लोकमानसिंह कार्कीको नियुक्ति भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एन्यालाइसिस विङ (रअ) को चलखेलमा भएको विषयलाई संकेत गर्दै स्वास्थ्यमन्त्री थापाले कार्कीको नियुक्तिमै मुख्य दलका शीर्ष नेताहरु गम्भीर रुपमा चुकेकाे उल्लेख गरे।

पूर्व राष्ट्रपति रामवरण यादबले भन्नुभयो हामीले सकेनौं, हामी हार्‍यौं। सभापतिज्यूले भन्नुभयो— हामीले सकेनौं, हामी हार्‍यौं। हामी हारेको कोसँग हो? हामीले नसकेको को सँग हो? त्यसैले यो प्रश्न स्वाभिमानको हो।

‘हामीले त्यतिबेला कार्कीलाई संवैधानिक निकाय अख्तियारमा नियुक्ति नगरौं भनेर अनुरोध गर्दा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाज्यूले भन्नुभयो— त्यस्तो निर्णय हुँदैन। हामी राष्ट्रपति कहाँ पनि गयौं। उहाँले पनि भन्नुभयो– त्यस्तो निर्णय हुँदैन’, उनले संसदमा भने, ‘भोलिपल्ट अचानक कार्कीको नियुक्ति भयो।’

राष्ट्रपति र शीर्ष नेताहरुले त्यतिबेला आफूहरुलाई ‘सकेनौं, हार्‍यौं’ भनेको स्मरण गर्दै उनले भने, ‘पूर्व राष्ट्रपति रामवरण यादबले भन्नुभयो हामीले सकेनौं, हामी हार्‍यौं। सभापतिज्यूले भन्नुभयो— हामीले सकेनौं, हामी हार्‍यौं। हामी हारेको कोसँग हो? हामीले नसकेको को सँग हो? त्यसैले यो प्रश्न स्वाभिमानको हो।’ शीर्ष नेता र राष्ट्रपति हार्ने त्यो शक्तिलाई चिर्न आवश्यक रहेको उनले बताए।

पद र शक्तिको दुरुपयोग गरी जनघृणाको पात्र बनेका कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावले दलहरुबीच फेरि एक ठाउँमा ल्याइदिने सम्भावना रहेको उनले औंल्याए। ‘भूकम्पले सबै दलहरुलाई एकै ठाउँमा ल्याइदिएको थियो। अहिले राम्रोसँग एक अर्काबीच बोलीबचन समेत एक अर्कालाई गर्न नसकेका राजनीतिक दलहरुलाई यो प्रकरणले एकै ठाउँ ल्याइदिन सक्छ। यसमा डराउनुपर्ने, तर्सिनुपर्ने केही छैन’, उनले भने।

संसदमा महाअभियोग प्रस्ताव सबैभन्दा पहिले आफूहरुले प्रवेश गराएको स्मरण गर्दै उनले  प्रस्तावक भयौं भनेर कसैले फुली लगाउनुपर्ने आवश्यकता नरहेको र ढिलो भयौं भनेर कसैले लुघतावास गर्नुपर्ने स्थिति नरहेको उल्लेख गरे।

गत बुधबार संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि मंगलबारदेखि संसदमा छलफल सुरु भएको हो।

भिडियो

प्रकाशित: ९ कार्तिक २०७३ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App