१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सहमति भयो भने दुई किस्तामा अनुदानः प्रधानमन्त्री

व्यवस्थापिका संसदलाइ सम्बाेधन गर्दै प्रधानमन्त्री अाेली। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्ष  र दातृ निकायसँग सहमति भयो भने भूकम्प प्रभावितलाई दुई किस्तामा राहत अनुदान दिन सकिने बताएका छन। बुधबार बसेको व्यवस्थापिका संसदलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले दातृ निकाय र प्रमुख प्रतिपक्ष दल सहमत भए पीडितलाई दुई  लाख दिन सरकार तयार रहेको बताए।

‘सरकारलाई दुई लाख एकमुष्ट दिनपनि कुनै आपत्ति छैन,’ प्रधानमन्त्रीले भने,‘त्यसका लागि सरकारलाई कार्यविधिले रोकेको छ।’ प्रधानमन्त्रीले प्रतिपक्ष र दातृ निकाय मान्यो भने मात्र दुई किस्तामा भनेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आपत्ति जनाएको थियो। प्रधानमन्त्रीले सरकारले मात्र निर्णय गर्ने नभइ विगतको कार्यविधि परिमार्जन गर्न दातृ निकायको सहमति आवश्यक पर्ने बताए। उनले सरकारले २४ सय इन्जिनियरलाई प्रभावित क्षेत्रमा खटाइएको, दश हजार सिकर्मी, डकर्मीलाई गाउँमा पठाइएको जानकारी दिए।

प्रधानमन्त्रीले राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्ना मानिसलाई पुननिर्माणको जिम्मा दिएको भन्ने हल्ला निराधार भएको बताएका छन्।
सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच भूकम्प प्रभावितलाई दुई किस्तामा दुई लाख रुपैयाँ अनुदान दिन सहमति भएपछि शुक्रबार देखि अबरुद्ध संसद बुधबारदेखि सुचारु भएको हो।

बैठक सुरु हुने वित्तिकै सद्भावना पार्टीका सांसद नरसिंह चौधरीले आफूहरुको माग सरकारले पूरा नगरेको भन्दै संसद बहिष्कार गर्ने घोषणा गरेका थिए। चौधरीले बोलिसकेपछि मधेसी मोर्चामा आबद्ध दलले संसद बहिष्कार गरेका थिए।


 

प्रकाशित: १५ असार २०७३ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App