१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

१९ मिनेटमा तीन पटक भूकम्प

जगत खडका
बझाङ–सदरमुकाम चैनपुरलाई केन्द्रबिन्दु बनाएर १९ मिनेटमा ३ पटक भूकम्प गएको धक्का महशुस गरिएको छ। भूकम्पका कारण सदरमुकाम चैनपुरका अधिकांश घरमा क्षति पुगेको छ।

सदरमुकाम चैनपुरलाई केन्द्र बिन्दु बनाए र बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केल ,३ बजेर ११ मिनेटमा ४दशमलव २ रेक्टर स्केल र ३ बजेर १९ मिनेटमा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ। भूकम्पकारण जिल्लाका सरकारी कार्यालय तथा पुराना घर र्चकेर ढल्ने अबस्थामा पुगेका छन् ।

 भूकम्पको झट्काले नापी, मालपोत, पशु सेवा कार्यालय, कृषि कार्यालय, जिल्ला प्रशासन, खानेपानी  र जिल्ला विकास समितिका भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ। अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन्। भूकम्पले अधिकांश सरकारी कार्यालयका भवन चर्केको प्रमुख जिल्ला अधिकारी सुनिल खनाल बताए ।

 

प्रकाशित: १५ असार २०७३ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App