१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हिंसामा विवाहित महिला बढी

काठमाडौं– महिला हिंसाविरुद्ध २५ औं अन्तर्राष्ट्रिय १६ दिने अभियान चलिरहँदा एक प्रतिवेदनले बढी संख्यामा विवाहित महिला हिंसामा परेको देखाएको छ।

ओरेक नेपालले राष्ट्रिय महिला आयोगमा महिला हिंसाको यथार्थताको लागि लोर्कापर्ण गरिएको ‘अन्वेषी’ प्रतिवेदनमा देखाइएको तथ्याङको अधारमा विवाहित महिला ८१ प्रतिशत हिंसा परेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा १३ दशमलव ७ प्रतिशत अविवाहित महिला हिंसामा परेको देखाएको छन् भने, ३ प्रतिशत एकल महिला माथी हिंसा भएको तथ्याङमा उल्लेख गरिएको छ । त्यसैगरि १ प्रतिशत छुटिएर बसेका महिला माथी हिंसा भएकाृ देखाएकोृ छन् भने ०.३ प्रतिशत अविवाहित महिला तर पुरुषसँगै वस्दै आएका महिलामाथी हिंसा भएको उल्लेख प्रतिवेदनमा गरिएको छ ।

युनिसेफको तथ्याङ अनुसार नेपालमा बालविवाह बांग्लादेश र भारतपछि एसिया मै तेस्रो उच्च स्थानमा रहेको छ । नेपालको कानुन अनुसार विवाहको न्युनतम उमेर २० वर्ष भएतापनि ३७ प्रतिशत नेपाली किशोरीहरुको विवाह १८ वर्ष नपुग्दै र १० प्रतिशत किशोरीको १५ वर्ष नपुग्दै विवाह हुने गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरि प्रतिवेदनका अनुसार महिला माथी हुने हिंसाबाट पहाडे जनजाति बढि प्रभावित रहेको छ भने क्षेत्री र तराईका जनजाति महिला दोस्रो स्तरमा हिंसाबाट प्रभावित रहेको तथ्याङले देखाएको छन् ।
कुल हिंसा हुने महिला मध्ये १३ प्रतिशत ब्राह्मण, १० प्रतिशत तराई गैरदलित, ९ प्रतिशत पहाडे दलित, ७ प्रतिशत तराई दलित, २ प्रतिशत मुस्लिम जातियताका महिलाहरु रहेका पाइयो ।

मन्त्रालयका तथ्याङका अधारमा विश्लेषण गर्दा सबै जातिका महिलाहरु हिंसामा परेको देखाएको छन् । जनजाति महिला अरु जातिका महिलाभन्दा आफ्ना कुरा सशक्त ढङ्गले प्रस्तुत गर्न सक्ने हुँदा ती जातिका महिलाहरुमाथी भएका हिंसाका घटनाहरु ब्ढि मात्रामा रिपोर्ट भएका ओरेक नेपालकी अध्यक्ष रेणुराज भण्डारीले बताइन् ।

महिलाहरुमाथी भएका हिंसाका घटनाहरुको यसवर्ष गरिएको अभिलेखिकरणका आधारमा सबैभन्दा बढि हिंसा (५९ प्रतिशत) श्रीमानबाट भएको तथ्याङमा देखाएको छ । त्यसैगरि १९ प्रतिशत हिंसा आफ्नै परिवारका सदस्यबाट, १५ प्रतिशत समाजबाट, २ प्रतिशत आत्मीय साथीबाट, १ प्रतिशत सम्बन्ध नभएका व्यक्तिहरुबाट र २ प्रतिशत अन्य व्यक्तिबाट महिलाबाट हिंसा भएको पाइएको छ ।

महिला माथी हुने हिंसामा अपरिचित भन्दा परिचित व्यक्तिबाट महिलाहरु हिंसाको जोखिम रहेको तथ्याङले प्रष्ट पारेको छन् ।

प्रकाशित: १६ मंसिर २०७३ १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App