५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
विचार

उत्तीर्ण विद्यार्थीको व्यवस्थापन

यसपटकको एसएलसी परिणाम राम्रो आएको छ। तर के कारण राम्रो भएको भन्ने थाहा पाउनुपर्छ। हरेक एसएलसी परीक्षापछि त्यसको सफलता र असफलताको विश्लेषण गर्नुपर्छ। तर यस्तो किसिमको विश्लेषण तथा अनुसन्धानतर्फ ध्यान जान सकेको छैन। केही वर्षयता परिणाम राम्रो हुनुमा मेरो संयोजकत्वमा भएको एउटा अध्ययनको सिफारिसले पनि काम गरेको छ भन्ने गरिन्छ। एसएलसीलाई विद्याथीमैत्री बनाउनुपर्छ भन्ने सिफारिस गरेका थियौँ। त्यसअनुसार सरकारले १० कक्षाको पाठयक्रमबाट मात्र एसएलसीमा प्रश्न सोध्ने काम गरेको छ। तर त्यसको हिस्सा कति हो महत्वपूर्ण हिस्सा हो कि होइन इत्यादि केलाएर हेर्नुपर्छ।

त्यसो त अध्ययन प्रतिवेदनमा धेरै कुराहरुको सिफारिस गरिएको थियो। तर त्यो प्रतिवेदनले सिफारिस गरेका अधिकांश सुझावहरु लागू भएनन्। नेपालमा त्यति ठूलो अध्ययन शिक्षामा भएको छैन भन्ने गरिन्छ। तर त्यत्रो अध्ययन गरेर पनि त्यो कार्यन्वयनमा नआउनु दुखलाग्दो कुरो हो। त्यतिमात्र होइन त्यो प्रतिवेदन धेरैले पढ्न ै पाएका छैनन्। प्रतिवेदन धेरै गहकिलो थियो जसमाथि छलफल हुनुपर् थ्र्यो तर भएन। हामीले गरेको अनुसन्धानको एउटा सिफारिस कार्यान्वयन हुँदैमा राम्रो भएको हो भन्ने ठोकुवा गर्ने आधार छैन। किनकि त्यसो भन्न अहिलेसम्म अध्ययन भएको छैन। अहिलेको परीक्षा नियन्त्रण कार्यालयले प्रशासनिक काम राम्रो गरेको छ। परीक्षा नियन्त्रण कार्यालय प्रशासनिक काममा मात्रै सीमित भएको छ। त्यस अतिरिक्त अनुसन्धानको काम पनि हुनुपर्छ।

हामीले उच्च माध्यमिक शिक्षा र माध्यमिक शिक्षालाई मिलाएर सेकेन्ड्ररी एजुकेसन बोर्ड÷एसइबी बनाउन सिफारिस गरेका छौं। त्यसलाई 'नेस्नल टेस्टिङ अथरिटी'का रुपमा विकास गर्नुपर्छ। यो कार्यलय जाँच लिने जस्तो प्रशासनिक काममा मात्र सीमित हुनु हुँदैन अनुसन्धान तथा विश्लेषण पनि गर्नुपर्छ। एसएलसीको परीक्षा सकिनासाथ विश्लेषणको काम थालनी हुनुपर्छ। परीक्षाफल आएपछि त्यसलाई दाँजेर हेर्नुपर्छ। यस्तो अध्ययन नभएसम्म कसरी परिणाम राम्रो भयो भन्न गाह्रो पर्छ।

लोडसेडिङ आन्दोलन बन्दजस्ता नकारात्मक स्थितिमा पनि यसपटक परिणाम राम्रो भएको छ। सँगसँगै परीक्षा कसरी साचालन भएको छ भन्ने कुरालाई पनि हेर्नुपर्छ। समाजमा बढेको फितलोपन र दण्डहीनताझैँ परीक्षा साचालनमा पनि कमजोरी भएको छ कि परीक्षा साचालन कसरी भइरहेको छ भन्ने पनि महत्वपूर्ण पक्ष हो। फितलोपनले राम्रो भएको हो भने त्यो राम्रो संकेत होइन। तर गुणस्तर कस्तो छ भन्ने कुरा हेर्नुपर्छ। जाँच साचालन फितलो भएर हो कि फेरि दुई विषयमा पाँच ग्रेस नम्बर दिइएको छ। त्यो किन


साँच्चै द्वन्द्व अन्त्य भएकाले पढाइको वातावरण भएका कारण राम्रो हो कि यो कारणले राम्रो भएको हो भने राम्रो संकेत हो। पछिल्ला वर्षहरुमा राम्रो परिणाम देखिनु असल संकेत हो। उच्च शिक्षामा जाने विद्यार्थी संख्या बढ्ने छन्। तर सँगै चुनौती के छ भने ती सबैलाई पढ्ने स्थान छ कि छैन विश्वविद्यालयमा पढ्ने विद्यार्थीको चाप बढिरहेको छ भने यता उच्च माविमा जाने विद्यार्थीको संख्याचाहिँ घटिरहेको छ। गरिबीलगयात तत्वले पनि यसलाई असर गरिरहेको छ। स्कुलको शिक्षण विधिमा भएको सुधारले राम्रो परिणाम आएको हो भने मात्रै ढुक्क हुन सकिन्छ। पहिलो जोडचाहिँ पढाइको विधिलाई हेर्नुपर्छ।


४० प्रतिशतभन्दा कम विद्यार्थी सफल भएको स्थितिमा अहिले ६८.४७ प्रतिशत हुनु धेरै राम्रो हो। त्यसअघि युवालाई असफलताको टीको लगाएर निकाल्ने गरिन्थ्यो। वास्तवमा सफलभन्दा असफल हुने विद्यार्थीको संख्या धेरै थियो जुन ज्यादै नकारात्मक थियो। यो परीक्षापछि अरु दुई परीक्षा बाँकी छन्। एसएलसीमा उत्तीर्णमध्ये कोही जागिर खान जालान् कोही उच्च शिक्षा पढन् जालान्। त्यहाँ उनीहरु कति सफल हुन्छन् भन्ने कुरा छ। त्यहाँ कस्तो 'रेस्पोन्सु आउँछ त्यसले निर्धारण गर्छ। यी दुई सूचकलाई पनि जाँचेर एसएलसीको गुणस्तर पत्ता लगाउन सकिन्छ।


परीक्षा लिएर काम सकियो भनेर मात्रै आधुनिक राज्य चल्दैन। सरकारले अहिले परीक्षा लिने काममात्रै गरेको छ। शिक्षा अहिले ओझेल पर्दै गएको छ। रक्षा गृहमात्रै अहिले सरकारको प्राथमिकतामा परेको छ। राज्यको क्षमता नभएको पनि होइन शिक्षालाई धान्न नसक्ने राज्य भएर होइन। तर राजनेताको इच्छाशक्ति र क्षमता नभएर यसो भएको हो।

हरेक देशमा शिक्षाको स्थिति राम्रो हुँदै गएको छ। हाम्रो देशमा भने दिनप्रतिदिन बिगि्रँदै गएको छ। राजदुतावास खोल्न राज्यसँग पैसा छ तर शिक्षालाई गुणस्तरीय बनाउन राज्य लगानी गर्न तयार छैन। फेरि शिक्षामा राजनीतिक हस्तक्षेपले पनि नकारात्मक प्रभाव पारिरहेको छ। सरकारको मात्र होइन राजनीतिक पार्टीहरुकै हस्तक्षेप बढेको छ। यसले शिक्षालाई राम्रो गर्दैन। यो थाहा हुँदाहुँदै दलका नेताहरु त्यही गल्ती गरिरहेका छन्। शिक्षामा बिग्रँदै गएको वातावरणले योग्य जनशक्ति यतािितर आकर्षित छैन। य

अहिले निम्न वर्गका विद्यार्थीको एसएलसी उत्तीर्ण संख्या बढ्नु राम्रो हो। विद्यार्थीको चाप बढ्दा यसले गुणस्तरमा असर पार्नसक्छ। त्यसैले एएसएलसी उत्तीर्ण विद्यार्थीलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौतीपूर्ण कुरा हो। उत्तीर्ण भएका जति सबै त्योभन्दा माथिल्लो तह पढ्नै जाने प्रवृत्ति पनि नेपालमा छ। सीपमूलक पढाइतिर आकर्षण देखिँदैन। हातले गर्ने कामप्रति सम्मान नगर्ने प्रवृत्तिका कारण यस्तो भएको हुनसक्छ। यहाँ कलम समात्नेको मात्रै इज्जत हुन्छ भन्ने धारणा छ। ठाउँ ठाउँमा 'एक्जिट प्वाइन्ट' हुनुपर्छ। उच्च शिक्षा सस्तो भएकाले पनि दुई/तीन विषयममा स्नातकोत्तर गर्ने प्रवृत्ति बढेको छ।

 

प्रकाशित: १७ असार २०६६ २३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App