१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

मन र मस्तिष्कलाई बुझौँ

पुरानो भनाइ छ– स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको बास हुन्छ। केही हदसम्म यो कुरो सही छ तर स्वस्थ मस्तिष्कले नै स्वस्थ शरीर निर्माण हुन्छ।

जब स्वस्थ शरीर र मस्तिष्क एकसाथ हुन्छ भने कुनैपनि रोग निकोभएर जान्छ। किनभने तपाईँको सकारात्मक सोचले नै सन्तुलित भोजन रोज्नुहुन्छ र तनाव मुक्त रहनुहुन्छ। तनाव मुक्त भएमा नै खाएको भोजन शरीरमा लाग्छ। शरीरलाई पुनः जीवन्त गर्नमा मद्दत गर्दछ, अर्थात आहार र विचार संयमित र सटिक हुनुपर्छ।

स्वास्थ्य के हो?– कुनैपनि किसिमको रोग शरीरमा नहुनुलाई हामि स्वस्थ भन्न सक्छाैँ। यो एक व्यापारिक परिभाषा हो। किनभने यो जान्नका लागि कुनै रोग त लागेको छैन? यसका लागि तपाईँले चिकित्सकसँग चेकअप गराउनुपर्नेहुन्छ। यो एउटा ठूलो व्यापारिक मामला हो।

किनभने बिरामी मानिसको उपचारमात्र गर्ने हो भने आम्दानी सीमित मात्रामा नै हुन्छ। तर प्रत्येक व्यक्ति चेकअप गरायो भने तपाईँ आफैँ विचार गर्नुस् त? फेरि स्वास्थ्य के हो त? मानसिक, शारीरिक तथा आध्यात्मिकरूपले ‘फिट’ हुनुहुन्छ भने तपाईँ ‘हिट’ हुनुहुन्छ। आफ्नोकाम गर्नमा मन लागिरहेकोछ। आफूलाई शक्तिले भरपुर महसुस गर्नुहुन्छ, उत्साहित रहनुहुन्छ भने तपाईँ स्वस्थ हो।

बिरामी हुनुको कारण के हो?

आज हरेक किसिमको रोगकालागि औषधि छन् तर पनि हामी अस्वस्थ छौँ ? किनकि हामी यो सोच्छौँ– डाक्टर – म धूमपानको साथै मदिरापान पनि गर्न चाहन्छु। तर म बिरामी हुन चाहन्न, मलाई यस्तो कुनै औषधि दिनूस्। यस्ता व्यक्ति यस्तै सोच राख्छन्। ‘देयर इज अ पिल फर एभरी इल’ तर यथार्थ भने अर्कै छ। ‘देयर इज नट पिल् फर एनी इल, बट देयर इज इल फोलोइङ एभरी पिल’ त बिरामी हुनुको पछाडि कारण केछ त ? प्रकृतिको विकृति नै रोगहरूको कारण हो।

प्रकृतिसँग छेडछाड गर्नु, ऊसको विपरित हिँड्नु। प्रकृतिको आफ्नै चक्र हुन्छ। उदाहरणका लागि बिहान सुर्योदय हुनु, साँझपख अस्ताउनु, जसको प्रभाव हाम्रो शरीरमा पर्छ। शरीरको मेटाबोलिज्म सुर्यास्त हुनुका साथै मन्द हुन जान्छ। यही कारणले भनिन्छ कि सुर्यास्त भएपछि खाना खानु हुँदैन। तर हामी यो कुरा सुन्दैनौँ। हामी रातभर काम गर्छाैँ। के हाम्रो मेटाबोलिज्म खराब हुँदैन?

जब मेटाबोलिज्म खराब हुन्छ भने शरीरको आन्तरिक सन्तुलन पनि खराब हुन्छ। जसले गर्दा हामीलाई कैयौं प्रकारका रोग हुन्छन्। कुनै पनि रोगको सुरुवात हाम्रो मन (माइन्ड) बाट नै हुन्छ। माइन्ड (मन) शरीरको प्रत्येक कोशिकामा विद्यमान छ। मानव शरीरमा अरबाैँ कोशिका (सेल) छन्, प्रत्येक कोशिकाको आफ्नै पहिचान छ। स्वयं बाँच्न सक्छ, यसको आफ्नै मेमोरी हुन्छ।

कोशिकाको आफ्नै छुट्टै कार्यप्रणाली छ। खान सक्छ, उत्सर्जन गर्नसक्छ, स्वास फेर्नसक्छ अर्थात उसको आफ्नै माइन्ड (मन) हुन्छ। यस आधारमा हामी भन्न सक्छौँ कि मानव शरीर मानव माइन्ड नै हो। मानव शरीरलाई स्वस्थ राख्नका लागि सर्वप्रथम मनलाई ठीक राख्न जरुरी छ। माइन्ड के हो? माइन्ड हो– मन विचार र बुद्धि। ब्रेन (मस्तिष्क) विचारहरूलाई उत्पन्न गर्दैन, मनले गर्छ। किनभने शरीरको प्रत्येक कोशिका (सेल) सँग माइन्ड छ। यो बिरामी भयो भने हामी बिरामी हुन्छौँ। यसै कारण बिरामीलाई निको पार्नका लागि शरीरलाई मात्र होइन, मन, विचार र बुद्धिसमेतलाई निको पार्नुपर्छ।

कुनैपनि रोग हुने कारण त्यो हो रिस्क फ्याकटर अर्थात अनुवांशिक कारण – एउटा अनसन्धान भएको थियो, जसमा भनिएको थियो तपाईँले रिस्कको कारण हटाइदिनुभयो भने पनि त्यस रोगप्रतिको रिस्क उतिको उतिनै रहन्छ।

रोगलाग्नबाट न फुलबडी चेकअपले बचाउन सक्छ न त रिस्क फ्याक्टर हटाउनाले तपाइँ रोगबाट बच्न सक्नुहुन्छ। जस्तै– मधुमेह– तपाईँको परिवारमा कसैलाई मधुमेह छ भने यो कुनै जरुरी छैन कि तपारलाई पनि हुन्छ। चिनी (गुलियो) कम खानाले तपाईँलाई चिनीको रोग (मधुमेह) हुँदैन, यस्तो होइन। सम्पूर्णतः स्वास्थ्य तपाईँको वातावरण र जिउने तौरतरिका तथा शैलीमा भरपर्ने हो।

मस्तिष्कले रोग निको पार्छ कसरी?

हाम्रोशरीर सय ट्रिलियन कोशिकाहरूबाट बनेको छ। हामीभित्र यति नै मात्रामा मानव अस्तित्व छ। प्रत्येक सेल आफैँमा एक अस्तित्व हो। प्रत्येक कोशिकासँग कार्यप्रणाली छ, आराम गर्छ, ऊत्सर्जन गर्छ, प्रजनन गर्नसक्छ। जब हामी कुनै औषधि लिन्छौँ, स्प्रिन, भिटामिन जुनसुकै होस्। शरीरले भन्छ– यो त नयाँ कुनै बाहिरी चिज हो र यसलाई नष्ट गर्नका लागि लिबरकहाँ पठाइदिन्छ।

लिबरले त्यसलाई नष्ट गरी शरीरबाट बाहिर ऊत्सर्जित गरी फ्याँकिदिन्छ। तर हामी औषधिलाई उसको प्रकृतिरूपमा ग्रहण गर्छौँ, त्यसबेला शरीरले भन्छ– यसलाई त चिन्छु र ग्रहण गर्छ।औषधिको प्राकृतिक गुणले रोगलाई निको पार्छ, यो औषधि त हो जो असर गर्छ। तर हाम्रो आफ्नो मस्तिष्क छ जसले यस औषधिलाई ग्रहण गरी कुनै रोग निको पार्नसक्छ। औषधिको प्रतिकूल प्रभाव जुन भइरहेको छ, त्यो हाम्रो कारणले भइरहेको छ।

किनभने हामी सौच्छौँ कि शरीरलाई निको पारे हामी बिरामी निको पार्न सक्छाैँ तर यस्तो हुँदैन। स्वस्थ्य मस्तिष्कबिना रोग निकोपार्न सकिँदैन। अनुसन्धानमा देखिएको छ– हाम्रो शरीरको आफ्ने सिस्टमले हामीलाई स्वस्थ बनाउँछ। उदाहरणका लागि – एउटा बिरामीलाई मोर्फिन दुखाइ कम गर्नका लागि दिइयो तर उसलाई भनियो कि तपाईँलाई भिटामिन दिइरहेका छौँ। यसले तपाईँको ब्यथा कम गर्छ तर दुखाइ कम गर्दैन। यस कुराले गर्दा रोगीको मस्तिष्कको पीडा कम गर्ने प्वाइन्ट निदायो जबकि मोरफिन आइभीबाट गइरहेको थियो।

प्रकाशित: ३ चैत्र २०७८ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App