१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

नेसपाले माघमा महाधिवेशन गर्ने

नेपाल समाजवादी पार्टी (नेसपा) को डा.बाबुराम भट्टराई पक्षले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णप्रसाद शर्माले बताए। उनका अनुसार महाधिवेशनको मिति र स्थान बुधबार बस्ने पार्टीको सचिवालयले निर्णय गर्ने छ।

माघसम्म प्रदेश, जिल्ला तथा पालिका अधिवेशन गरी सक्ने निर्णय केन्द्रीय समितिको बैठकले निर्णय गरेको शर्माले बताए। भट्टराई पक्षले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको थियो।

कार्यकारिणी बैठकले नेकपा (माओवादी) सँग एकता प्रक्रियामा जुटेका महिन्द्र यादव लगायतका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ। पार्टी अहिले विभाजनको अवस्थामा पुगेको छ। यादव पक्ष माओवादीसँग समाहित हुन लागिरहेको छ भने भट्टराई पक्षले पुरानो पार्टीलाई यथावत् राख्ने निर्णय गरेको छ। दुबै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै आएको छ। 

प्रकाशित: ५ चैत्र २०८० १९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App