२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदमा सम्बोधन गरेर मुख्यमन्त्री शर्माले राजीनामा दिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने भएका छन्।

बुधबार तीन बजेपछि बस्ने संसद बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री शर्माले राजीनामा दिने तयारी गरेको माओवादीका एक सांसदले जानकारी दिए।

बुधबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले राजीनामा दिने वा विश्वासको मत लिने विषयमा निर्णय गर्ने जिम्मा दलका नेता एवम् मुख्यमन्त्री शर्मालाई दिएको थियो।

लगत्तै माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, एमाले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, माओवादी केन्द्रका नेता एवम् पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मुख्यमन्त्री शर्मा, एमाले संसदीय दलका नेता यामलाल कँडेल छलफलमा जुटेका थिए। 

माओवादी कर्णाली प्रदेश इन्चार्ज मल्लले केन्द्रको निर्देशन अनुसार राजीनामा दिन मुख्यमन्त्री शर्मालाई सुझाएका थिए। शर्माले अन्तिम समयसम्म पहिले आफूले विश्वासको मत लिने र त्यसपछि मात्रै राजीनामा दिने बताउँदै आएका थिए।

मुख्यमन्त्री शर्माले राजीनामा दिए लगत्तै बुधबार नै एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा सत्तारूढ गठबन्धन माओवादी केन्द्रसँग १३, एमालेसँग १० र एकीकृत समाजवादीसँग १ सांसद छन्। यस्तै कांग्रेससँग १५ र राप्रपासँग एक सांसद छन्।

प्रकाशित: २१ चैत्र २०८० १४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App