१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

लोसपाले मुख्यमन्त्री यादवलाई विश्वास मत नदिने, मन्त्रीले दिए राजीनामा

मधेस प्रदेशका वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले राजीनामा दिएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट वन तथा वातावरण मन्त्री बनेका कुर्मीले राजीनामा दिएका हुन्। 

लोसपा प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वास मत नदिने निर्णय गरेपछि कुर्मीले मन्त्रीबाट राजीनामा गरेका छन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै थिए।

प्रदेशसभाको बैठकमा सुरुमै जनमतका सांसदले अवरोध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि स्थगित गरेको बैठक अहिलेसम्म सुरु भएको छैन।

प्रकाशित: ४ वैशाख २०८१ १६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App