२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित

फाइल तस्बिर

कोशी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले हिजो प्रदेशसभामा पेस गरेको संकल्प प्रस्ताव आजको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो।

बैठकमा संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद पुगेकाले प्रदेशसभा बैठकले प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीविरुद्ध नेकपा एमाले र माओवादीले विशेष अधिवेशन माग गरी मुख्यमन्त्री केदार कार्कीलाई चैत २६ देखि ३० दिनभित्र विश्वासको मतलिन र सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न निर्देशन दिन संकल्प प्रस्ताव पेस गरेका थिए।

संकल्प प्रस्तावमाथि आजको बैठकमा छलफल भएको थियो।

प्रकाशित: ७ वैशाख २०८१ १६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App