२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरू

नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक धमाधम सञ्चालन भइरहेको छ।

बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार चार सय ५४ जना सहभागी छन्। पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा भइरहेको उक्त परिषद् बैठकमा नेता ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदन प्रस्तुत हुने छ।

बैठकमा वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत हुने छ। प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि बैठकमा सहभागीले सुझाव दिनेछन्।

मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिलाई सुनिश्चित गर्न  सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले दिशानिर्देश गर्ने छ। बैठक दुई दिनसम्म सञ्चालन हुने छ।

प्रकाशित: ८ वैशाख २०८१ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App