२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

केपी ओलीको नाममा हुने खेल प्रति माधव नेपालकाे आपत्ति

फाइल।

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको नाममा हुने खेलकुद प्रतियोगिताप्रति आपत्ति जनाएका छन्।

शनिबार पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने ‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ। आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ। ज्युँदै फेरि। यसलाई भन्छन्–व्यक्तिवाद।’

ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा प्रतिष्ठान खोल्ने गरेको उनको तर्क थियो। नेता नेपालले बुर्जुवा पार्टीमा पनि ज्युँदो नेताको नाममा प्रतिष्ठान खोल्ने, खेलकुद प्रतियोगिता गर्ने चलन नभए पनि ओलीको व्यक्तिवादी चरित्रकै कारण त्यो सम्भव भएको जिकिर गरे।

अध्यक्ष नेपालले २० वर्ष अझै पार्टीको नेतृत्व गर्छु भने पनि ओलीलाई चुनौती दिनेहरू जन्मिएको उनको दाबी थियो। देश र जनताको सेवा गरौँ भन्नुपर्नेमा ओलीले आफ्नो विकल्प नभएको भन्दै चुनौती दिँदै हिँडेको प्रति अध्यक्ष नेपालले आपत्ति जनाए।

उनले ओलीप्रति संकेत गर्दै मिठो बोल्न, देश र जनताको हितमा काम गर्न पनि आग्रह गरे।

प्रकाशित: ८ वैशाख २०८१ १८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App