२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसँग भेट्दै कतारका राजा, हुनेछन् विभिन्न सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता हुँदैछ।

दुईदिने भ्रमणका लागि मङ्गलवार नेपाल आइपुगेका कतारका राजना थानी र प्रधानमन्त्रीबीच अहिले बिहान १० बजे होटल सोल्टीमा भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ।

भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार कतारसँग ६ वटा एमओयुमा हस्ताक्षर हुनेछन्। नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ। यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ।

प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री दाहालले राजा थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन्। त्यसपछि उनी आजै दिउँसो फर्किने छन्।

यसअघि मङ्गलवार उनले राष्ट्रपति रामचन्द्र पौडेलसाग भेटवार्ता गरेका थिए भने राष्ट्रपति पौडेलले उनको स्वागतमा रात्री भोजको आयोजना गरेका थिए।

प्रकाशित: १२ वैशाख २०८१ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App