२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक: मन्त्री बस्नेत

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने बताएका छन्। बुधवारबाट काठमाडौंमा तीन दिने हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै बस्नेतले यस्तो बताएका हुन्।

नेपालको जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक रहेको उनको भनाइ छ। 

उनले भने, ‘नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ। लगानी सम्मेलनको पूर्वसन्ध्यामा हिमालयन हाइड्रो एक्स्पोको आयोजना भइरहेको छ। यसले लगानी सम्मेलनलाई अझ सार्थक बनाउनेछ।’  

‘नेपालको जलश्रोत जुन प्रकृतिको छ, यसको महत्व जुन प्रकारको छ, त्यही रुपमा सदुपयोग अझ गर्न थप काम गर्नुपर्ने आवश्यकता छ। आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट यस क्षेत्रको विकास र बिस्तारको लागि काम गर्ने छौँ,’ उनले भने।

यस्तै,उनले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए।

प्रकाशित: १२ वैशाख २०८१ १०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App