२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाल र कतारबीच द्विपक्षीय बैठक जारी

नेपाल र कतारबीच द्वीपक्षीय बैठक जारी छ। नेपाल भ्रमणमा रहेका कतारका राजा कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता सकिए लगतै दुबै मुलुकबीच द्वीपक्षीय बैठक सुरु भएको हो।

बैठकमा नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ।

बैठक लगतै कतारसँग ६ वटा एमओयुमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

प्रकाशित: १२ वैशाख २०८१ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App