२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाल र कतारबीच लगानी र सहकार्यसँग सम्बन्धित सम्झौतामा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न विषयमा समझदारी र हस्ताक्षर भएको छ। दुबै मुलुकबीच आज भएको द्विपक्षीय बैठक पछि लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाल भ्रमणमा रहेका कतारी राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको बताइएको छ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ।

यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन्।

हस्ताक्षर कार्यक्रम पछि अब प्रधानमन्त्री दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ। त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: १२ वैशाख २०८१ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App