२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कतारका अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले गरे दिवाभोजको आयोजना

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिवाभोजको आयोजना गरेका छन्।

प्रधानमन्त्री दाहालले आज बिहान द्वारिका होटलमा उनको सम्मानका दिवाभोजको आयोजना गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले कतारी अमिरलाई स्वागत गरेका थिए।  दिवाभोजमा दुवै पक्षका विशिष्ट व्यक्तिको उपस्थिति थियो।

उनीहरुबीच आज यसअघि होटल सोल्टीमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो। वार्तामा विभिन्न छ विषयमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ।

कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा वैशाख ११ गते अपराह्न यहाँ आएका हुन्। कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए। राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गरेका थिए।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो। कतारी अमिर थानी आज दिउँसो २ बजे काठमाडौँबाट प्रस्थान गर्ने तालिका छ।

प्रकाशित: १२ वैशाख २०८१ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App