२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्योः गृहमन्त्री लामिछाने

फाइल तस्बिर

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले सहकारीहरु पीडितहरुको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहो¥याए। बुधवार इलाममा आयोजित चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए।

उनले आफूहरु सहकारी पीडितहरुको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताए। उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफूलाई गलत देखाउन सहकारी गठी प्रकरणलाई उचालेको आरोप समेत लगाए। काँग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उहाँको जिकिर थियो।

उपप्रधानमन्त्री लामिछानेले भने, ‘के मैले काँग्रेसले भनेर राजीनामा दिनुपर्ने। काँग्रेस, जो नेपाली जनतालाई नक्कली भूटानी बनाएर बेचेको आरोपमा जेल गएर आयो, उसलाई केन्द्रिय नेताबाट निकाल्न सक्दैन। अनि उसले भनेर मैले राजीनामा दिने? मेरो पार्टीमा त ईतिहास छ। प्रमाणित भएको पनि होइन। त्यो अडियो मेरै हो भनेर सांसदले स्वीकार गरिसके त्यसको ७२ घण्टामा कारबाही गर्ने पार्टी सभापति हुँ म। हेक्का रहोस्। म भ्रष्टहरुलाई वरपर लिएर बसेर फ्रन्ट रोमा बसेर अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन। हाम्रो पार्टीमा त्यस्तो चल्दैन। प्रहरीले अनुसन्धान गर्छ। अनुसन्धान गराए उनीहरुले। आफ्नो सरकार थियो। प्रहरीलाई अनुसन्धान गराए। उनीहरुलाई सहकारी पीडितको पीर थिएन। सहकारी पीडितहरुको पैसा फिर्ता गराउने उनीहरुको उद्देश्य थिएन। उनीहरुलाई रवि लामिछाने गलत देखाउनु थियो। रास्वपालाई घेर्नु थियो। त्यसकारण उनीहरुले केही पनि काम गरेनन्। हामीले प्रतिवेदन बनायांै। अहिलेसम्म भएका गलत क्रियाकलापहरु के के हुन? कसका कारणले आज सहकारीहरु बदनाम भए, आज कसेका कारणले यतिका मान्छेको लगानी डुब्या? गरिव नेपालीको पैसा कहाँ डुब्यो? त्यसको समाधानको उपाय के हो ? भनेर समाधानको उपाय खोज्न हामी गयौं। हामीले प्रधानमन्त्रीलाई समाधानका उपाय समेत हस्तान्तरण ग¥यौं । हामी तयार थियौं, छाैं।’

प्रकाशित: १२ वैशाख २०८१ १९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App