२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो’ :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै भएको बताएका छन्। उनले सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै रहेकाले कोही पनि यसमा दुविधामा रहनु नहुने बताए। सुखी नेपाली र समृद्ध नेपालमा पुग्नका लागि सुशासन र सामाजिक न्याय अनिवार्य शर्त रहेको उनको भनाइ छ।

अहिलेको देशको आवश्यकता उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयासहरु केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु रहेको बताए।  

उनले भने, ‘सामाजिक न्याय अनिवार्य शर्त हो, अहिलेको हाम्रो आवश्यकता भनेको उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयासहरु केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु हो। सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तरनिहित रहेको छ। यसमा राजनीतिक दलहरुको बीचमा कतै विमति हुनुपर्ने कारण पनि छैन। हिजो संविधानमा नै समझदारी गरेका छौँ। त्यो समझदारीको कारणले पनि हाम्रो ऐतिहासिक आधार तयार भइ नै सकेको छ।’

यस्तै, ‘हासिल भएको समृद्धि दिगो, समावेशी, र अनुभुति योग्य हुने भएकाले १६ औं योजनाले यसैतर्फ विशेष जोड दिन खोजेके छ। उत्पादन, उत्पाकत्व र रोजगारी भन्दा म मान्य सदस्यहरुले, नेताजीहरुले जे राख्नुभयो म त्यसमा सहमत छु। नेपालको सम्बन्धमा कृषिलाई उच्च प्राथमिकतामा नराखिकन कृषि उत्पादन वृद्धि र कृषि रोजगारी श्रृष्टि गर्ने कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने यो कुरालाई उच्च प्राथमिकता नदिइकन उत्पादन र उत्पादन र उत्पादकत्व वृद्धिको मात्रै कुरा गरेर कुनैपनि परिणाम निस्किँदैन’,उनले भने।

प्रकाशित: १३ वैशाख २०८१ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App