३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बझाङमा मतपेटिका सङ्कलन पूरा, सर्वदलीय बैठक बस्दै

बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ।

‘अहिले हामी तयारी गरिरहेका छौँ’, मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भने, ‘सबै मतपेटिका  सङ्कलन भइसकेका छन्, ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि तीन स्थानमा गणना थाल्ने योजना छ।’

प्रकाशित: १६ वैशाख २०८१ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App