४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुहाङलाई बधाई दिँदै रविले भने: जित्न सकिएन, सिक्न सकियो

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम-२ को उपनिर्वाचनमा विजयी भएका नेकपा एमालेका नेता सुहाङ नेम्वाङलाई बधाई दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै लामिछानेले विजयी भएकोमा नेम्वाङलाई बधाई दिएका हुन्।

उनले रास्वपा उम्मेदवार मिलन लिम्बुलाई मतदान गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्। लामिछानेले जित्न नसके पनि सिक्न सकिएको बताएका छन्।

उनले लेखेका छन्, 'इलाम २ को उपनिर्वाचनमा एमाले उम्मेदवार  सुहाङ नेम्वाङ जी  विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। हामीलाई मत दिनु हुने र मत सँगै ठुलो संदेश दिनु हुने सबै प्रति आभारी छु। रास्वपा उम्मेदवार मिलन लिम्बु लगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद। जित्न सकिएन, सिक्न सकियो।' 

प्रकाशित: १८ वैशाख २०८१ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App