४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘बुबाले देखाउनुभएको मार्गलाई समाएर इमानका साथ काम गर्छु’

इलाम क्षेत्र नम्बर-२ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

मंगलबार इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले इलामेली जनताको शिर झुक्न नदिने गरी इमानदार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएका हुन्।

नवनिर्वाचित सांसद नेम्वाङले आफ्नो बुबाले देखाउनुभएको बाटो र उज्यालोलाई समाएर आम मतदाताको एक एक मतको मूल्याङ्कन हुने गरी काम गर्ने उल्लेख गरे।

त्यस अवसरमा उनले आफूलाई विश्वास गरेर मत दिएको भन्दै आम मतदाताप्रति आभार पनि व्यक्त गरेका थिए। नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खडकालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा एमालेले उनका कनिष्ठ सुपुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो।

प्रकाशित: १८ वैशाख २०८१ १५:२८ मंगलबार